PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

गणेश थापापछि नेपाली फुटबलको नेतृत्व कसको हातमा? आजको निर्वाचनले टुङ्गो लगाउँदै



गणेश थापापछि नेपाली फुटबलको नेतृत्व कसको हातमा? आजको निर्वाचनले टुङ्गो लगाउँदै

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्ष र उपाध्यक्ष पदको चुनावका लागि आज मतदान हुँदैछ। यसका लागि विश्व फुटबल महासंघ (फिफा) र एसिया फुटबल महासंघ (एएफसी)का प्रतिनिधि नेपाल आइपुगिसकेका छन्।
 
अध्यक्ष पदमा वर्तमान कार्यवाहक अध्यक्ष नरेन्द्रलाल श्रेष्ठ र वर्तमान उपाध्यक्ष कर्माछिरिङ शेर्पा भिड्दैछन्। श्रेष्ठलाई फिफाको कारबाहीमा परेका गणेश थापाको साथ छ।

त्यसैगरी उपाध्यक्षका लागि दीपक खाती, मणि कुँवर र उपेन्द्रमान सिंह प्रतिस्पर्धामा छन्।

यो पूर्णकालीन चुनाव भने होइन। फिफाले करिब दुई दशकदेखि एन्फा नेतृत्वमा रहेका गणेश थापालाई विभिन्न भ्रष्टाचार अभियोगमा करिब २१ लाख जरिवाना लगाउँदै १० वर्ष कुनै पनि फुटबलसँग सम्बन्धित गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएपछि एन्फाको अध्यक्ष पदमा बाँकी एक वर्षका लागि चुनाव हुन लागेको हो।

​यस्तै उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको असामयिक निधनपछि उपाध्यक्ष पदको पनि चुनाव हुन लागेको हो।
 
एन्फाको दुई पदको छिनोफानोका लागि कूल ६९ जनाले मतदान गर्नेछन्, जसमा ४५ जिल्ला फुटबल संघ, १२ ए डिभिजन क्लब, ५ बी डिभिजन क्लब, ३ सी डिभिजन क्लब तथा खेलाडी, प्रशिक्षक, रेफ्री र महिला समितिबाट समान एक-एक जनाले मतदान गर्नेछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell