PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

​यी हुन् दुबईमा हुने नेफ्टा फिल्म अवार्डको २८ विधाका लागि उत्कृष्ट पाँच मनोनयन



​यी हुन् दुबईमा हुने नेफ्टा फिल्म अवार्डको २८ विधाका लागि उत्कृष्ट पाँच मनोनयन

काठमाडौं: नेपाल फिल्म टेक्निसियन एसोसियसनले गर्दै आएको 'नेफ्टा अवार्ड'को उत्कृष्ट पाँच मनोनयन घोषित भएको छ। काठमाडौंको होटल याक एण्ड यतिमा भएको कार्यक्रममा नाम घोषणा गरिएको हो।

युएईको दुबईमा हुन लागेको नेफ्टा अवार्ड कार्यक्रमको यो ९औं संस्करण हो। 

परराष्ट्र मन्त्री प्रकाशशरण महतको प्रमुख आतिथ्य र चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईको विशेष आतिथ्य बीच नेफ्टा अवार्ड जुरीका भरत शाक्यले मनोनित फिल्म र व्यक्तिहरुको नाम सार्वजनिक गरेका हुन्। 

कार्यक्रममा बोल्दै  नेफ्टाका निवर्तमान अध्यक्ष मनोज केसीले भने, 'हामी अरु कुनै अवार्डको डाहा इर्ष्या गर्दैनौं। आफ्नो काम गर्छौँ। र नेपाली फिल्मको विकासमा निरन्तर लागि रहन्छौं। यो अवार्ड पनि त्यसैको एक पाटो हो।' 
 
यसअघि तीनपटक देश बाहिर मलेसिया, हङकङ र कतारमा अवार्ड सम्पन्न भएको थियो। यस पटकको अवार्डका लागि २०७२ सालपछि सार्वजनिक भएका फिल्महरु सहभागी छन्। 

अवार्डको जुरीमा प्रकाशजंग कार्की नेपाल, निलहरी काफ्ले, सिनेम्याटोग्राफर विष्णु कल्पित, सरिता लामिछाने र भरत शाक्य रहेका छन्। 

२८ विधाका लागि दिइएको अवार्डका लागि यि हुन् मनोनित चलचित्र र व्यक्तिहरु: 



उत्कृष्ट कथा 
क्लासिक : छेतेन गुरुङ 
जन्मभूमी : मोहन निरौला 
कबड्डी कबड्डी : रामबाबु गुरुङ, उपेन्द्र सुब्बा 
पशुपति प्रसाद : दिपेन्द्र के खनाल 
वडा नम्बर ६ : दीपकराज गिरी 

उत्कृष्ट पटकथा 
क्लासिक : छेतेन गुरुङ 
फन्को : सुवर्ण छापा 
कबड्डी कबड्डी : रामबाबु गुरुङ, उपेन्द्र सुब्बा 
वडा नम्बर ६ : अभिमन्यु निरवी 
पशुपति प्रसाद : खगेन्द्र लामिछाने 

उत्कृष्ट संवाद 
क्लासिक : छेतेन गुरुङ 
ड्रीम्स : सामिप्यराज तिमल्सिना 
कबड्डी कबड्डी : रामबाबु गुरुङ, उपेन्द्र सुब्बा 
पशुपति प्रसाद : खगेन्द्र लामिछाने 
वडा नम्बर ६ : दीपकराज गिरी 

उत्कृष्ट श्रृंगार 
क्लासिक : अशोक रोक्का, प्रिती 
चलेछ बतास सुस्तरी : संगीता लामा 
ड्रीम्स : निमा लामा र शोभा श्रेष्ठ 
फूलैफूलको मौसम तिमीलाई : नन्दा अधिकारी 
को आफ्नो : दीपु पौडेल 

उत्कृष्ट कस्ट्युम डिजाइनर 

क्लासिक : आशिष पौडेल 
ड्रीम्स : बिना घले 
होस्टल रिटन्स : सुजन परियार 
कबड्डी कबड्डी : निलिमा तामाङ 
प्रेमगीत : युबी थापा, योगिता पुन 

उत्कृष्ट ध्वनि मिश्रण 

क्लासिक : अमित श्रेष्ठ 
धौली : उत्तम न्यौपाने 
कबड्डी कबड्डी : उत्तम न्यौपाने 
प्रेमगीत : मुकेश श्रेष्ठ 
वडा नम्बर ६ : सुनमाया श्रेष्ठ 

उत्कृष्ट कला निर्देशन 

क्लासिक : राजु पेन्टर 
फूलैफूलको मौसम तिमीलाई : पासाङ टी शेर्पा 
नाईं नभन्नु ल ४ : विकासराज आचार्य 
प्रेमगीत : मेनुका राई 
वडा नम्बर ६ : पासाङ टी शेर्पा 

उत्कृष्ट द्वन्द निर्देशक 
भैरव : हिमाल केसी 
फूलैफूल मौसम तिमीलाई : एनबी महर्जन 
होस्टल रिटन्स : अष्ट महर्जन 
कबड्डी कबड्डी : कुमार महर्जन 
लुटेरा : हिमाल केसी 

उत्कृष्ट पार्श्वध्वनि 
क्लासिक : शैलेन्द्र श्रेष्ठ, रोहित शाक्य
फन्को : सुजिल कर्मचार्य 
होस्टल रिटन्स : शैलेश श्रेष्ठ 
पशुपति प्रसाद : जोसन कुँवर 
वडा नम्बर ६ : एलिस कार्की 

उत्कृष्ट हास्य अभिनेता 
अधकट्टी : विल्सनविक्रम राई
होस्टल रिटन्स : सुशिल सिटौला 
कबड्डी कबड्डी : विजय बराल 
वडा नम्बर ६ : सीताराम कट्टेल 
वडा नम्बर ६ : केदार घिमिरे 

उत्कृष्ट खलनायक 

भैरव : मुरलीधर 
फन्को : अनुप बराल 
होस्टल रिटन्स : सुदाम सिके 
कबड्डी कबड्डी : शिशिर बाङ्देल 
पशुपति प्रसाद : बिपिन कार्की 

उत्कृष्ट सह अभिनेता 
लभ सब : सलोन बस्नेत 
नागरिक : पुष्प आचार्य 
पशुपति प्रसाद : प्रकाश घिमिरे 
रेशम फिलिली : कामेश्वर चौरासिया 
वडा नम्बर ६ : जितु नेपाल 

उत्कृष्ट सहअभिनेत्री 

अधकट्टी : अशिष्मा नकर्मी 
होस्टल रिटन्स : स्वस्तिमा खड्का 
जन्मभूमि : निस्ना घिमिरे 
प्रेमगीत : लक्ष्मी घिमिरे 
वडा नम्बर ६ : दीपाश्री निरौला 

उत्कृष्ट नव नायक 
अधकट्टी : प्रदीप बांस्तोला 
चकलेट : आयुष्मान घिमिरे 
फूलैफूलको मौसम तिमीलाई : आमेश भण्डारी 
होस्टल रिटन्स : सुशिल श्रेष्ठ 
नाईं नभन्नु ल ४ : पौल शाह 

उत्कृष्ट नवनायिका 

ड्रीम्स : सामराज्ञी राज्यलक्ष्मी शाह 
होस्टल रिटन्स : शशी श्रेष्ठ 
जन्मभूमी : जोबिका कार्की 
नाईं नभन्नु ल ४ : आँचल शर्मा 
नाईं नभन्नु ल ४ : वर्षा राउत 

उत्कृष्ट गीतकार 
क्लासिक : कृष्णहरि बराल (प्रकृती) 
ड्रीम्स : रोहित विशेष (तिमी सामु) 
नाईं नभन्नु ल ४ : कृष्णहरी बराल (मलाई माग्ने बनायौ) 
प्रेमगीत : कृष्णहरी बराल (म त अलपत्रै)
प्रेमगीत : अर्जुन पोखरेल (म यस्तो गीत गाउँछु) 

उत्कृष्ट संगीतकार 
क्लासिक : ताराप्रकाश लिम्बु (हारें) 
फूलैफूलको मौसम तिमीलाई : सुरेश अधिकारी (फूलैफूल) 
नाईं नभन्नु ल ४ : बसन्त सापकोटा (मलाई माग्ने) 
प्रेमगीत : अर्जुन पोखरेल (म यस्तो गीत गाउँछु) 
रेशम फिलिली : कालिप्रसाद बाँसकोटा) 

उत्कृष्ट गायक 
क्लासिक : युवराज चौलागाईं (हारें हारें) 
क्लासिक : कोसिस क्षेत्री (सुनौलो) 
फूलैफूलको मौसम तिमीलाई : राजेशपायल राई (फूलै फूल) 
प्रेमगीत : स्वरुपराज आचार्य (म त अलपत्रै) 
प्रेमगीत : सुगम पोखरेल (म यस्तो गीत) 

उत्कृष्ट गायिका 
क्लासिक : मेलिना राई (सुनौलो) 
लुटेरा : शशी रावल (ब्लास्ट हुनेवाला) 
नाईं नभन्नु ल ४ : इन्दिरा जोशी (मलाई माग्ने बनायौ) 
प्रेमगीत : अञ्जु पन्त (म यस्तो गीत गाउँछु) 
रेशम फिलिली : सोमिया बराइली (त्यो पारि डाँडा) 

उत्कृष्ट संगीत संयोजन 
अधकट्टी : महाराज थापा (तिम्रो फिगर) 
क्लासिक : राजन इशान (हारें हारें) 
ड्रीम्स : अल्मोडा राना उप्रेती (तिमी सामु) 
प्रेमगीत : गोपाल रसाइली (म यस्तो गीत गाउँछु) 
वडा नम्बर ६ : राजन इशान (सुर्के थैली) 

उत्कृष्ट नृत्य निर्देशक 
ड्रीम्स : कविराज गहतराज (तिमी सामु) 
फूलैफूलको मौसम तिमीलाई : रामजी लामिछाने (फूलैफूलको मौसम) 
नागरिक : मनोज लामा (सुर छोडेर) 
प्रेमगीत : रेनेशा राई (म यस्तो गीत गाउँछु) 
वडा नम्बर ६ : शंकर बिसी (सुर्के थैली) 

उत्कृष्ट छायांकार 
फूलैफूलको मौसम तिमीलाई : मानकृष्ण महर्जन 
कबड्डी कबड्डी : शैलेन्द्र डी कार्की 
नाईं नभन्नु ल ४ : पुरुषोत्तम प्रधान 
प्रेमगीत : राजेश श्रेष्ठ 
वडा नम्बर ६ : दीपक बज्राचार्य 

उत्कृष्ट सम्पादक 
ड्रीम्स : मिलन श्रेष्ठ, बनिश शाह 
फन्को:  बिपिन मल्ल 
कबड्डी कबड्डी : निमेष श्रेष्ठ 
प्रेमगीत : सुरेन्द्र पौडेल 
वडा नम्बर ६ : गौतमराज खड्का 

उत्कृष्ट नायक 
क्लासिक : आर्यन सिग्देल 
फन्को : सौगात मल्ल 
होस्टल रिटन्स : नाजिर हुसेन 
कबड्डी कबड्डी : दयाहाङ राई 
पशुपति प्रसाद : खगेन्द्र लामिछाने 

उत्कृष्ट नायिका
क्लासिक : नम्रता श्रेष्ठ
फन्को : केकी अधिकारी
को आफ्नो : ऋचा शर्मा
प्रेमगीत : पूजा शर्मा
रेशम फिलिली : मेनुका प्रधान

उत्कृष्ट निर्देशक
क्लासिक : दिनेश राउत
कबड्डी कबड्डी : रामबाबु गुरुङ
प्रेमगित : सुदर्शन थापा
पशुपति प्रसाद : दीपेन्द्र के. खनाल
वडा नम्बर ६ : उज्जल घिमिरे

उत्कृष्ट जनजाति चलचित्र
कृष्ण गौतमी : गुण फिल्मस
म्लाङ पवँन्दार (कालो अरिंगाल) : थोकर फिल्मस
परिणाम भूलको : नाट्येश्वरी फिल्मस
पाते २ : रोदी डिजिटल
तिमी नभए : हंग्री आइ फिल्मस

उत्कृष्ट चलचित्र
क्लासिक : आर्यन सिग्देल इन्टरटेनमेन्ट, सुवास इन्टरटेनमेन्ट
कबड्डी कबड्डी : सिनेमा आर्ट
प्रेमगीत : आशुसेन फिल्मस प्रालि
पशुपति प्रसाद : टुकी आर्ट्स
वडा नं छ : आमा सरस्वती गीतादेवी फिल्मस 



नेफ्टाले अन्य तीन विधालाई चर्चाका आधारमा 'मस्ट पपुलर अवार्डका' लागि पाँच पाँच मनोनित नाम घोषणा गर्यो। 

 

पपुलर चलचित्र
ड्रीम्स
नाँइ नभन्नू ल ४
प्रेमगीत
पशुपति प्रसाद
कबड्डी कबड्डी

 पपुलर नायक
अनमोल केसी, ड्रीम्स
प्रदीप खड्का, प्रेमगीत
दयाहाङ राई, कबड्डी कबड्डी
आर्यन सिग्देल, क्लासिक
निखिल उप्रेती, भैरव

 पपुलर नायिका
साम्राज्ञी राज्यलक्ष्मी शाह, ड्रीम्स
पूजा शर्मा, प्रेमगीत
नम्रता श्रेष्ठ, क्लासिक
प्रियंका कार्की, वडा नम्बर ६
केकी अधिकारी, फन्को



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell