PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

८६ बिलियन डलरमा बिक्री हुने भयो टाइम वार्नर, सिएनएन, एचबिओदेखि ब्याटम्यानसम्म एटिएन्डटीको हुने



८६ बिलियन डलरमा बिक्री हुने भयो टाइम वार्नर, सिएनएन, एचबिओदेखि ब्याटम्यानसम्म एटिएन्डटीको हुने

अमेरिकन टेलिकम जाइन्ट एटीएण्डटीले इन्टरटेन्मेन्ट कम्पनी टाइम वार्नर करिब ८६ बिलियन डलरमा किन्ने भएको छ। खरिदका लागि अमेरिकी नियामक निकायवाट अन्तिम स्वीकृति लिन भने बाँकी रहेको बिबिसीले जनाएको छ। सन् २०१७ को अन्त्यसम्ममा यो कम्पनी खरिद गरिसक्ने कम्पनीले जनाएको छ।


सहमति अनुमोदन भएमा दि वार्नर ब्रोज फिल्म स्टुडियो, समाचार च्यानल सिएनएन र फिल्मी च्यानल एचबिओ टिभी, ब्याटम्यान जस्ता चर्चित चरित्रको कपिराइट रहेको डिसी कमिक्ससमेत एटिएण्डटी कम्पनीको अधिनमा आउने छ।
 
एटिएण्डटी कम्पनीका अध्यक्ष रेन्डाल स्टेफेन्सनले यसलाई पर्फेक्ट म्याच भनेका छन्। तर आलोचकहरुले यसलाई मिडियाको शक्तिका रुपमा व्याख्या गरेका छन्। उनले टाइम वार्नर आफ्नो कम्पनी भएको र कुनै रेगुलेटरी अथोरिटिले रोक्न नसक्ने बताएका छन्।
 
स्टेफेन्सनले दुई कम्पनी मिलेर मिडिया र आमसञ्चारको क्षेत्रमा समकालिन रुपमा ग्राहक, कन्टेन्ट उत्पादन, विज्ञापन र वितरणका क्षेत्रमा अग्रणी स्थान ओगट्ने बताए।
 
यस अघि टाइम वार्नरले सन् २०१४ मा ट्वान्टी र्फस्ट सेन्च्युरी फक्स इन्कको ८० बिलियन डलरको प्रस्ताव अस्विकार गरेको थियो।
 
रिपब्लिकन तर्फका अमेरिकी राष्ट्रपतिका उम्मेद्वार डोनाल्ड ट्रम्पले यदि उनी राष्ट्रपतिमा निर्वाचित भए यो डिललाई रद्द गर्ने बताएका छन्।

उनले सिएनएनलाई यसअघि हिलारी क्लिन्टनको 'माउथपिस' भनेका थिए। उनले हिलारीलाई आफू विरुद्द उत्रिन र समाचार सम्प्रेसण गर्न लगाएको बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell