PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

हल्यान्डकी २३ वर्षीया युवतीले प्रहरीमा गरिन् बलात्कारको उजुरी, केटा भन्छ- सहमतिमै भएको



सविन ढकाल

हल्यान्डकी २३ वर्षीया युवतीले प्रहरीमा गरिन् बलात्कारको उजुरी,  केटा भन्छ- सहमतिमै भएको

बिहान चिनजान,  दिउँसोसम्म घुमघाम, अपराह्न बलात्कार, साँझ उजुरी  

काठमाडौं : शुक्रबार साँझ हस्याङफस्याङ गर्दै महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पुगिन् हल्यान्डकी एक २३ वर्षीया युवती। 

‘मलाई एक जना नेपाली केटाले बलात्कार गर्‍यो’ उनले अङ्ग्रेजीमा भनिन्।

वृत्तका डिएसपी गोविन्द पुरीका अनुसार प्रहरीले बलात्कारको उजुरी दर्ता गरेसँगै उनले दिएको हुलियाका आधारमा खोजी सुरु गर्‍यो।
 
सिन्धुपाल्चोक बिशंखु घर भई हाल काठमाडौंको टोखा नगरपालिकामा बस्दै आएका २९ वर्षीय प्रवेश लामालाई प्रहरीले शनिबार अनुसन्धानका लागि हिरासतमा लिन्छ। 

पक्राउ परेका लामाले दुई बीच शारीरिक सम्बन्ध भएको त स्वीकारे तर उजुरी दिने विदेशी युवतीले भने झैँ जबर्जस्ति गरेको आरोप भने अस्वीकार गरे। 

डिएसपी पुरीका अनुसार युवती भने बलात्कार नै भएको दावी गर्छिन्। 

डच युवती एक महिनाअघि मात्रै घुम्नका लागि नेपाल आएकी थिइन्। उनी र प्रवेशबीच चिनजान पनि घटना भएकै दिन मात्र भएको अनुसन्धानले देखाएको छ।

शुक्रबार बिहान करिब १० बजेतिर काठमाडौको एक बैँकमा पैसा झिक्न जाने क्रममा उनीहरु बीच चिनजान भयो। प्रवेशको अङ्ग्रेजी राम्रो थियो। त्यसैले सजिलै युवतीसँग घुलमिल भए। 

‘मेरो मोटरसाइकल पनि छ, काठमाडौँका विभिन्न ठाउँ घुमाइदिन्छु,’ प्रवेशले राखेको प्रस्ताव युवतीले सहजै स्वीकारिन्। बैँकबाट रकम झिकेपछि दुवै जना काठमाडौँका विभिन्न ठाउँ दिउँसो घुम्न थाले। 

घुम्ने क्रममै प्रवेशले अपराह्न साढे ३ बजेतिर बुढानिलकण्ठमाथिको शिवपुरी जंगलमा पुर्या एर बलात्कार गरेको बयान युवतीले दिएकी छिन्। तर सेक्स सहमतिमा नै भएको दावी पुरुषको छ। 

डिएसपी पुरीका अनुसार अहिले दुवैको स्वास्थ्य परीक्षण भइरहेको छ। अस्पतालको रिपोर्ट आएपछि मात्र कसको दावी सही हो भन्ने खुल्ने उनले बताए। 

(प्रतीकात्मक फोटो साभार : पिक्साबे)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell