PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

​आईएसद्वारा २८४ जनाको हत्या, सुरक्षा कारवाहीमा ४६ जना आईएस विद्रोही मारिए



पहिलोपोस्ट

​आईएसद्वारा २८४ जनाको हत्या, सुरक्षा कारवाहीमा ४६ जना आईएस विद्रोही मारिए

इस्लामिट इस्टेट आईएसले ब्याटल अफ मोसुलमा विपक्षी फोर्स विरुद्ध डिफेन्ड गर्ने क्रममा २८४ जनाको हत्या गरेका छन्।


बच्चाहरुसहित २८४ जनालाई सुट गरेर मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। यस्तै आईएस्ले बन्धक बनाइएका अधिकांश जनता मध्ये ५५० परिवार घर फर्कन सक्ने भएका छन् भने बाँकीलाई युद्ध रोक्नको लागि प्रयोग गरिने जनाइएको छ।


मुक्त भएका परिवारहरुले भने सेता झण्डा हल्लाउँदै आफ्नो घर फर्केका छन्।


यस्तै इराकको राजधानी बग्दाददेखि २४० किलोमिटर उत्तरतर्फ रहेको किरकुकमा शनिबार भएको सरकारी सेनाको कारवाहीमा ४६ जना इस्लामिक इस्टेटका आक्रमणकारी मारिएका छन्।


ब्रिगेडियर जनरल खत्तब ओमर अरेफले सुरक्षा फौज र आक्रमणकारीवीच भएको झडपका क्रममा उनीहरुको मृत्यु भएको जानकारी दिए। घटनामा १३३ भन्दा बढी घाइते भएको बताईएको छ। 


अर्को एक आधिकारीक श्रोतका अनुसार घटनामा अन्य ४६ जना पनि मारिएका छन्। तिनिहरु मध्ये अधिकांश सुरक्षा फौज तर्फका रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell