PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

१५ फोटोमा हेर्नुस् लोकमानविरुद्ध महाभियोग पारित गर्नुपर्ने माग गर्दै 'पागल'हरुको प्रदर्शन



पहिलोपोस्ट

१५ फोटोमा हेर्नुस् लोकमानविरुद्ध महाभियोग पारित गर्नुपर्ने माग गर्दै 'पागल'हरुको प्रदर्शन

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसि‌ह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्ताव पारित गर्नुपर्ने माग गर्दै माइतिघर मण्डलाबाट डा. गोविन्द केसीका समर्थकहरुको 'सोलिडारिटी फर डा. केसी'ले आज प्रदर्शन गरेका छन्। 

माइतीघरबाट सुरु भएको र्‍याली नयाँ बानेश्वरमा पुगी कोणसभामा परिणत भएको थियो।  टाउकोमा 'पागल' लेखिएको कालो फेटा बाँधेका प्रदर्शनकारीहरुबीच डा. गोविन्द केसीले सम्बोधन पनि गरेका थिए। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाली कांग्रेसलाई महाभियोगको पक्षमा उभिएर प्रस्ताव पारित गर्न आग्रह गरे।

बुधबार साँझ एक चौथाई भन्दा बढी सांसदले लोकमानविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गरे पनि संसदमा यसबारे छलफल हुन सकेको छैन। दलहरुबीच थप छलफल आवश्यक भएको भन्दै बिहीबारको संसद बैठक आइतबारसम्मका लागि स्थगित गरिएको थियो। 

सत्ता साझेदार नेपाली कांग्रेसले महाभियोग प्रस्तावबारे निर्णय गर्न बाँकी छ। पार्टीको केन्द्रीय समिति बैठकमा यसबारे छलफल भइरहेको छ। बैठक सोमबारसम्मका लागि स्थगित भएको छ।  

 

ब्यानरमा दिइएको विकल्प : लोकतन्त्र कि लुटतन्त्र? पागल कि भ्रष्ट ?


डा. केसीले अख्तियार प्रमुख लोकमान सि‌ह कार्कीलाई महाभियोग लगाउनुपर्ने मागसहित आमरण अनसन गर्ने घोषणा गरेपछि अख्तियारले उनलाई 'पागल' भन्दै विज्ञप्ति निकालेको थियो। त्यतिबेलादेखि डा. केसी समर्थकहरुले विरोध प्रदर्शनका क्रममा आफूलाई पागल भन्दै आएका छन्। 







लुटतन्त्र लेखिएको माटोको भाँडा बोकेका नक्कली लोकमानसि‌ह कार्की। पछि यो भाँडा फुटाइएको थियो। 















@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell