PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

तीन हप्ताबीचमा फेला परे तीन बेवारिसे शव



पहिलोपोस्ट

रोल्पा : रोल्पा जिल्लामा पछिल्लो एक हप्तामा तीन बेवारिसे अवस्थामा रहेका शव फेला परेका छन्। जिल्लाको कोर्चवाङ, जुगार र जौलिपोखरी गाविसमा ती शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
 
असोज २८ देखि कात्तिक २ गतेभित्र एक महिला र दुई पुरुषसहित तीन शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक केशव बस्नेतले जानकारी दिए।
 
कात्तिक २ गते माछा मार्न खोलामा गएका गाउँलेले कोर्चवाङ–९ माडीखोलामा एउटा शव देखेपछि इलाका प्रहरी कार्यालय घर्तीगाउँमा खबर गरे। प्रहरी निरीक्षक राजीव श्रेष्ठको नेतृत्वमा गएको टोलीले पहिचान गर्दा उक्त शव घर्तीगाउँकै एक फर्निचर उद्योगमा काम गर्ने रौतहट घर भएका ४५ वर्षीय रामनारायण ठाकुरको भएको पुष्टि गर्‍यो।
 
यसैगरी, असोज २८ गते जुगार ६ का ५२ वर्षीय डोरबहादुर सार्की भीरमा मृत भेटिए। चार दिनअघि दसैँको खसी किन्न हिँडेका उनी घर फर्कन पाएनन्। उनको शव भीरमुनि मकैबारीमा फेला परेको थियो।
 
परिवारका अनुसार सार्कीले पनि रक्सी सेवन गर्ने भएकाले लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ। बेवारिसे शव फेला पर्ने क्रममै जौलीपोखरीमा असोज २८ गते ६५ वर्षीया गौरी पुनको शव फेला परेको थियो।
 
मानसिक सन्तुलन ठिक नभएको भनिएकी उनी असोज १९ देखि हराइरहेकी थिइन्। घनाडाँडा जङ्गलमा शव देखेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए। भेटिएका तीन वटै शव आत्महत्या नभई भवितव्य हुन सक्ने प्रहरीले आँकलन गरेको छ।रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell