PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

गुडिरहेको गाडीबाट हाम्फालेर घोप्टेभीरमा एक बेपत्ता



पहिलोपोस्ट

रत्ननगर (चितवन) : चितवनको घोप्टेभिरमा आज बिहान गुडिरहेको गाडीको ढोकाबाट हाम्फालेर एक व्यक्ति बेपत्ता भएका छन्।
 
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार जिल्लास्थित दारेचोक–३ को घोप्टेभिरमा गाडीको ढोकाबाट हाम्फालेका व्यक्ति बेपत्ता भएका हुन्। भैरहवाबाट काठमाडौँ जाँदै गरेको लु १ ख ६४६६ नंको बसको ढोकाबाट हाम्फालेर रामेछाप चुरचुरे–६ बस्ने ३८ वर्षीय रोशनकुमार गुवाजु बेपत्ता भएका हुन्।
 
आज बिहान करिब २:३५ को समयमा उक्त घटना भएको हो। उनको अहिलेसम्म अवस्था पत्ता नलागेको प्रहरीले जनाएको छ। उनी भीर भएको क्षेत्रमा हाम्फालेकाले त्रिशूली नदीमा खसेको आशङ्का प्रहरीले गरेको छ।
 
गाडीमा रहेका उनका आफन्त अमर श्रेष्ठलाई उद्धृत गर्दै प्रहरीले उनी केही मनोरोगी भएको जानकारी दिएको छ। अघिल्लो महिनामा यही घोप्टेभिर क्षेत्रबाट पूर्वगृहमन्त्री माधव घिमिरेसहित उहाँका आफन्त सवार गाडीसमेत दुर्घटना हुँदा गाडीसहित तीन जना बेपत्ता भएका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell