PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

गजलकार असीम सागर पुरस्कृत



गजलकार असीम सागर पुरस्कृत

काठमाडौं : कवि तथा गजलकार असीम सागर ‘जोगमाया चापागाईं गजल पुरस्कार २०७३’ बाट सम्मानित भएका छन्। जोगमाया चापागाईं प्रतिष्ठानले बुधबार काठमाडौंको डिल्लीबजारस्थित सर्वनाम थिएटरमा उनलाई गजल विधामा उत्कृष्ट रचनाका लागि सम्मान गरेको हो।

यसै वर्षदेखि स्थापना पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको प्रतिष्ठानका संयोजक प्रदीप चापागाईंले
जानकारी दिए। कार्यक्रममा बोल्दै ज्ञानुवाकर पौडेलले भने,'धेरै पुरस्कारहरु वितरणपश्चात् विवादास्पद हुन्छ। यहाँ त्यस्तो नहोस्। निर्णायकले सही मान्छे चुनेर पुरस्कार दिएको विश्वास छ।'

सम्मान कार्यक्रममा कवि असीमले आधा दर्जन गजल र दुई कविता वाचन गरे। आफूलाई पुरस्कारले थप जिम्मेवार बोध गराएको भन्दै पाठक तथा आयोजकलाई धन्यवाद दिए।

कवि असीम सागरका एउटा गजल एल्बमका साथै दुई गजल कृति छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell