PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

डुंगा दुर्घटनाका मृतक परिवारलाई जिविसले १० हजार दिने



पहिलोपोस्ट

इलाम : दानाबारी र महमाईबीचको माईखोलास्थित चण्डालघाटमा भएको डुङ्गा दुर्घटनामा मृत्यु भएका परिवारलाई जिल्ला विकास समिति इलामले राहत उपलब्ध गराउने भएको छ। 

जिविसमा बसेको सर्वदलीय बैठकले प्रतिमृतक १० हजार रूपैयाँका दरले परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो। बैठकले विजयादशमीका दिन महमाई–३ मा रूखले किचेर मृत्यु हुने दुई जनाका परिवारलाई पनि रु १० हजारका दरले राहत उपलब्ध गराउने निर्णय गरेको निमित्त स्थानीय विकास अधिकारी छविलाल खतिवडाले बए।

डुङ्गा दुर्घटना भएको एक हप्ता बित्नै लाग्दासम्म पनि मृतक एक जनाको सनाखत हुन सकेको छैन। आठ जनाको शवमध्ये सातको सनाखत भइसकेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। 

त्यसैगरी, डुङ्गामा सवार एक जना व्यक्ति अझै बेपत्ता छन्। ताप्लेजुङ घर भई हाल बिर्तामोड बस्दै आएका निर्मल भट्टराई फेला नपरेको महमाईका गाविससचिव चन्द्र पौडेलले बताए। उनी महमाईस्थित ससुराल जाने क्रममा दुर्घटनामा परेको हुन सक्ने परिवारले जनाएको छ। 

यसअघि जिल्ला दैवी प्रकोप उद्वार समितिले पनि प्रतिमृतक रु एक लाखका दरले तिनका परिवारलाई राहत र किरियाखर्च दिने निर्णय गरिसकेको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell