PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

फेसबुकमा थपिँदै सेड्युल लाइभ भिडियो



पहिलोपोस्ट

फेसबुकमा थपिँदै सेड्युल लाइभ भिडियो

यसै वर्षको सुरुवातदेखि सुरु भएको फेसबुकको लाइभ भिडियो फिचर निक्कै लोकप्रिय भयो। विश्वभर यसको प्रयोग भएकाले अब सामाजिक सञ्जालमा एकछत्र राज गरिरहेको कम्पनीले भेरिफाइड पेजबाट सेड्युल लाइभसमेत प्रसारण गर्न सक्ने बनाउँदैछ

सुरुमा यो भेरिफाइड अकाउन्ट हुनेहरुका लागि मात्र उपलब्ध हुनेछ। फेसबुक प्रयोगकर्ताले लाइभ गर्ने एक साताअघि नै सेड्युलमा लाइभ राख्न सक्नेछन्। केही सातापछि नै नन भेरिफाइड फेसबुक प्रयोगकर्ताले पनि यो सुविधा लिन सक्ने तयारी कम्पनीले गरिरहेको छ।

लाइभ भिडियोलाई सेड्युल गर्न सक्ने भएपछि प्रसारण अघि नै प्रसारकले हल्ला गर्न सक्छ र प्रचारका लागि यसले महत्वपूर्ण भूमिका पाउँछ। साथै फेसबुक प्रयोगकर्ताहरुले लाइभ हेर्नका लागि पहिले नै तयार हुन सक्छन्।

फेसबुकका अनुसार जब पब्लिसरले लाइभ भिडियो सेड्युल गर्छ न्युज फिडमा एउटा अनाउन्समेन्ट आउने छ। र फलोअरले आउँदो लाइभबारे जानकारी पाउनेछन्। फेसबुक प्रयोगकर्ताले अनटाइम रिमाइन्डरबाट लाइभ हेर्न सक्ने वा वास्ता नगर्न सक्ने अप्सन दिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell