PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

हेल्मेट नै लगाउन नपर्ने र ठोक्किने ठाउँमा अटोमेटिक रोकिन बाइक!



पहिलोपोस्ट

हेल्मेट नै लगाउन नपर्ने र ठोक्किने ठाउँमा अटोमेटिक रोकिन बाइक!

जर्मन कार निर्माता कम्पनी बिएमडब्लुले अबको एकसय बर्षपछि निर्माण हुने वाइकको कल्पनासहित स्केच निर्माण गरेको छ। चालकले हेल्मेट लगाउन नपर्ने र गियर चलाउन नपर्ने किसिमको यो वाइकमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरि निर्माण गरिने कम्पनीले जनाएको छ।
 
'बिएमडब्लु मोटररेड भिजन नेक्स्ट १००' मोटरसाइकल सय बर्ष पछाडिको कल्पनामा हुने जनाइएको छ। कम्पनीले सय बर्ष पार गरेको उपलक्षमा यो कन्सेप्ट वाहिर ल्याएको जनाएको छ। रोल्स रोयस, मिनी र बिएमडब्लुले संयुक्त रुपमा यो प्रविधिको कन्सेप्टको वारेमा विश्वमा प्रचारप्रसार गर्ने जनाएका छन्।
 
व्याट्रीवाट चल्ने यसलाई कम्पनीले प्रोटोटाइप वाइक भनेको छ। प्रदुषण रहित यो बाइकले कार्वन उत्सर्जन नगर्ने कम्पनीले जनाएको छ। यसलाई स्ट्यान्ड लगाउनु पर्दैन भने वाइक चालाउने बेला र रोकेको समयमा उसले आफै कन्ट्रोल गरेर राख्छ। अर्को आश्चार्यको कुरा त के छ भने यो वाइक कतै ठोकिन लाग्यो भने तुरुन्तै स्पिड शुन्य हुन्छ र दुर्घटना नै हुँदैन। 
 
चालकले हेल्मेटको सट्टामा डिजिटल भाइजर लागउनुर्ने र उसले नै बाटो तथा अगाडि हुने सवै कुराको जानकारी दिने कम्पनीले जनाएको छ। उक्त भाइजरको चार स्थानमा विभिन्न किसिमका डिस्प्लेहरु रहेका हुन्छन् । जुनकुरा चालकको हेराइ अनुसार परिवर्तन भैरहन्छ । यदी चालकले माथी हेरेमा बाइकको गति, मोडिने स्थान र वरिपरी र पछाडीको गतिविधिका बारेमा चालकले जानकारी पाउँछ । तल हेरेमा नक्शा र रुटहरु आउने गर्ने कम्पनीले जनाएको छ।
 
कम्पनीले कहिले यो बाइक ल्याउने भनेर उल्लेख गरेको छैन। कति स्पिडमा कुदाउन मिल्ने तथा कति अवधिका लागि प्रयोग गर्न मिल्ने भनेर कम्पनीले अध्ययन गरिरहेको जनाइएको छ। यद्यपि यो वाइकले एकसय माइल प्रतिघण्टासम्म चलाउन मिल्ने गरि निर्माण गर्न लागिएको कम्पनीले जनाएको छ।
ब्लुमबर्गको सहयोगमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell