PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

​कुन मुलुकको पासपोर्ट कति शक्तिशाली? नेपाली नि?



पहिलोपोस्ट

​कुन मुलुकको पासपोर्ट कति शक्तिशाली? नेपाली नि?

पासपोर्ट इन्डेक्सले कुन देशका नागरिकको राहदानी कति शक्तिशाली भन्ने तथ्य बाहिर ल्याएको छ। विशेषगरी ट्राभल डकुमेन्टका लागि सहजताका आधारमा यस्तो इन्डेक्स तयार पारिएको हो। मूलत: भिसा अप्लाइ नै नगरी जान सकिने मुलुकहरुको सूचीका आधारमा राहदानीको वर्गीकरण गरिएको हो।

सन् २०१६ को सूचीअनुसार जर्मनी र स्वीडेन सबैभन्दा शक्तिशाली पार्सपोर्ट रहेकोछ। स्वीडिस र जर्मनी राहदानी भएकाहरुले भिसा अप्लाइ नै नगरी १ सय ५८ मुलुक जान सक्छन्।

गत वर्ष यो सूचीमा अमेरिका र बेलायत एकैसाथ शीर्ष तहमा थिए। अमेरि यसपाला भने चौथोमा झरेको छ भने बेलायत दोस्रोमा। फ्रान्स, स्पेन, स्विटजरल्यान्ड र फिनल्यान्ड पनि दोस्रो सूचीमै छन्।

सबैभन्दा कमजोर पासपोर्ट भने गरिब मुलुकहरुको छ जहाँ अधिकांश समय द्वन्द्वले सताइरहेको छ। अफगानी जनताको पासपोर्ट सबैभन्दा कमजोर छ। उनीहरु २४ मुलुकमा मात्र भिसा प्रोसेसिङ नगरी जान सक्छन्। त्यो भन्दा थोरैमात्र सुध्रिएको अवस्थामा छ पाकिस्तान।

पाकिस्तानीलाई पनि ३१ देशले मात्र भिसा फ्री ट्राभलरका रुपमा लिन्छ। विश्वको सबैभन्दा कान्छो मुलुक दक्षिणी सुडानको पासपोर्ट भएकाले ३६ देशमा यसैगरी जान पाउँछन्।

दक्षिण अफ्रिकीहरु महादेशमै सबैभन्दा शक्तिशाली पासपोर्टधारी हुन्। ४६ औं स्थानमा रहेको यो मुलुकका नागरिकले ९१ मुलुकमा भिसाविनै यात्रा गर्न सक्छन्।

अफ्रिकी युनियनले हालै सिंगल अफ्रिकन पासपोर्टको ट्रायल गरिरहेको छ जसअनुसार अफ्रिकी युनियनका ५४ मुलुकमा भिसा फ्री यात्रा गर्न सकिने व्यवस्था छ।
 

नेपाली पासपोर्ट कति बलियो त ?

नेपाल सबैभन्दा कमजोर राहदानी भएका मुलुकहरुकै सूचीमा छ। नेपाल सूचीको ८७ औं स्थानमा छ। लेबनान र नेपाल दुई वटा मुलुकमात्र ८६ औं स्थानमा पर्छ। यी दुवै मुलुकका राहदानी बोक्नेहरुले ४० देशमा यात्रा गर्दा भिसा प्रकृयाको झन्झट बेहोर्न पर्दैन।

एसियाली मुलुकतर्फ भने दक्षिण कोरियाको पासपोस्ट सबैभन्दा बलियो छ। चौथो र्‍याङ्किङमा रहेको यो मुलुकका नागरिकले १ सय ५६ मुलुकमा सजिलै यात्रा गर्न सक्छन्। सूचीको पाँचौ स्थानमा सिंगापुर छ जहाँका नागरिकले १ सय ५५ मुलुकमा भिसाविनै यात्रा गर्न सक्छन्। सूचीको आठौं स्थानमा जापान छ जहाँका नागरिकलाई १ सय ५४ देशमा यात्रा गर्दा भिसा लगाउन पर्दैन।

मलेसिया सूचीको १६ औं स्थानमा छ। १ सय ५१ देशमा यात्रा गर्न मलेसियालीलाई भिसा प्रोसेसको झन्झट बेहोर्न पर्दैन।
 

कमजोर दक्षिण एसियाली

सबैभन्दा कमजोर पासपोर्ट भएको अफगानिस्तानको दक्षिण एसियाली मुलुकमै पर्छ। भारत र भुटान सूचीको ७६ औं स्थानमा पर्छ। भारतीय र भुटानीले ४९ देशमा मात्र सहजै यात्रा गर्न सक्छन्।

श्रीलंका सूचीको ८७ औं स्थानमा छ जुन नेपालभन्दा १ सूचीमा कम हो। वंगलादेश ९० औ स्थानमा छ। पाकिस्तान ९३ औं स्थानमा छ।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell