PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ग्यालेक्सी नोट सेभेन लिएर विमान चढे अपराध! जरिवाना नै हुने



पहिलोपोस्ट

ग्यालेक्सी नोट सेभेन लिएर विमान चढे अपराध! जरिवाना नै हुने

सयभन्दा धेरै घटना सार्वजनिक भएपछि अमेरिकी यात्रुलाई सामसुङ ग्यालेक्सी नोट सेभेन लिएर विमान चढेमा जरिवाना लाग्ने भएको छ।
 
सामसुङको यो महत्वाकांक्षी मोडलमा ब्याट्रीका कारण आगलागीका घटना सार्वजनिक भएपछि कोरियाली कम्पनीले ठूलो क्षति बेहोरिरहेको छ। नेपालका विमानमा समेत यो फोन बोक्न निषेध छ।
 
यो डिभाइसलाई यात्रामा स्विच अफ गरेर पनि बोक्न निषेध गरिएको छ। पाइपलाइन एन्ड हेजार्डस् म्याटेरियल सेफ्टी एड्मिनिस्ट्रेसन र फेडरल एभिएसन एड्मिनिस्ट्रेसनले शुक्रबारबाट यो फोन स्विचअफ मोडमा पनि बोक्न निषेध गरेको हो। अमेरिकामा १९ लाख ग्यालेक्सी नोट सेभेन बिक्री भएको छ, जसका प्रयोगकर्ताले यात्रामा यो फोन बोक्न पाउँदैनन्।
 
‘केही यात्रुलाई यो निर्णयले समस्यामा पार्ने भए पनि समग्र यात्रुको सुरक्षाका लागि कदम चालिएको छ र यो कडा रुपमा लागू हुन्छ,’ अमेरिकाको ट्रान्सपोर्टेसन सेक्रेटरी एन्थोनी फक्सले वक्तव्यमार्फत भनेका छन्, ‘यो धेरै जनाको सुरक्षाका लागि लिइएको कडा निर्णय हो।’
 
सामसङको यो क्राइसिस मूल्य ५३ अर्ब डलर हुने अनुमान गरिएको छ। यद्यपि सामसङले बिहीबार नै यो मोडलको उत्पादन र बिक्री पूर्ण रुपमा रोकेको घोषणा गरेको छ।
 

फोन बोके अपराध!


अमेरिकी सरकारले यो निर्णयलाई नजरअन्दान नगर्न चेतावनी दिएको छ। ‘प्यासेन्जरहरुले यो खतरनाक डिभाइस लगेजमा हालेर लैजाने प्रयास पनि नगर्नुहोला,’ डिपार्टमेन्ट अफ ट्रान्सपोर्टेसनले भनेको छ, ‘यो निर्देशनलाई पालन नगर्नु भनेको कानुन उल्लंघन हुनु हो र जरिवानासहित अपराधको सजाय भोग्नुपर्नेछ।’
 
यात्रामै रहिसकेका मानिसलाई सरकाले तत्काल सामसङसँग सम्पर्क गरेर ग्याजेट साट्न भनेको छ।
 
अमेरिकाले ग्यालेक्सी नोट सेभेनलाई अमेरिकी कानुनअनुसार यात्रामा निषेध वस्तुको सूचीमा नै राखेको छ। कसैले यसको अवज्ञा गर्‍यो भने उसले विमान चढ्न समेत पाउनेछैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell