PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

भक्तपुरमा सकियो दुई साहित्य सम्मेलन



पहिलोपोस्ट

भक्तपुर : दुई दिने ३६औं नेपालभाषा साहित्य तःमुंज्या (सम्मेलन) तगथा सांस्कृतिक कार्यक्रम भक्तपुरमा सकिएको छ।
 
पहिलो दिनको कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, साहित्यकार तेजेश्वरबाबु ग्वंग, प्रा सर्वज्ञभक्त मल्ल, मोहन दुवाल, इन्दिरा प्रसाईं, बेबी झा, कृष्णकुमार वैद्य, लक्ष्मीनारायण राजलवट, सहकारीविद् कैलाशभक्त प्रधानाङ्ग, सांसद भीमसेनदास प्रधान, नेमकिपा काठमाडौँका अध्यक्ष नारायण महर्जन, डा शम्भु पहाडी, डा उर्मिला कार्की, भक्तपुर विकास सहयोग सङ्गठनका अध्यक्ष राजाराम जोशी लगायतले नेपाली भाषा जोगाउन साहित्यिक आन्दोलन सुरु गर्नुपर्नेमा जोड दिँदै आआफ्ना रचना वाचन गरेका थिए। कार्यक्रममा समालोचक प्रा माणिकलाल श्रेष्ठलाई सम्मान गरिएको थियो।
 
दोस्रो दिनको कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् सांसद प्रेम सुवाल, वरिष्ठ पत्रकार भैरव रिसाल, कथाकार एवम् सांसद लक्ष्मण राजवंशी, नेमकिपाका केन्द्रीय सदस्य नवराज कोइराला, प्रा पृथुचरण वैद्य, समाजसेवी कृष्णलाल प्रधान, इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ, सम्पदाविद् रवीन्द्र पुरी, मिर्गौला रोग विशेषज्ञ कल्पना श्रेष्ठ, अम्बिका न्याइच्यार्इं, ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठ लगायतले धारणा राखे। उनीहरुले तःमुंज्याले टनकुपर र महाकाली सन्धिको विरोधमा सशक्त आवाज उठाएको, माओवादी सशस्त्र द्वन्द्वको नाममा भएको अराजकतावादी आन्दोलनको आलोचना गरेको, जाति, भाषा, क्षेत्रका आधारमा प्रदेश विभाजन गरिए देशको एकता खल्बलिने लगायतका विषयमा बोलेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell