PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एक दशकभित्र केके गरिए? पूर्वराजा ज्ञानेन्द्रले तेर्स्याए प्रश्नैप्रश्न



पहिलोपोस्ट

एक दशकभित्र केके गरिए? पूर्वराजा ज्ञानेन्द्रले तेर्स्याए प्रश्नैप्रश्न

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीको उपलक्ष्यमा नेपाली नागरिकहरुलाई शुभकामना दिँदै एक दशकभित्र केके भए र गरिए भन्दै प्रश्नहरु राखेका छन्।

एक विज्ञप्ति जारी गर्दै उनले जनताले चाहेको शान्ति, समुद्धि, सुरक्षा, स्थायित्व, विकास र रोजगारी प्राप्त भयो त? भन्दै उनले सोधेका छन्।

'यस सुखद अवसरमा म देशभित्र र देशबाहिर रहेर बसेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समुद्धि र प्रगतिको मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु,' उनले भनेका छन्, 'हाम्रो धर्म मेटिए हाम्रो संस्कृति मेटिन्छ र हाम्रो संस्कृति भेटिए हाम्रो सभ्यताको मुल नै सुक्दछ र हाम्रो संस्कृति र सभ्यता मेटिए हामी पनि मेटिन्छौं।'

उनले राखेका प्रश्नहरु यस्ता छन्-

  • राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो भयो त?
  • भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, दण्डहिनताको अन्त्य गरी जनमुखी शासन, प्रशासन प्रारम्भ गरियो त?
  • विकास, निर्माण र उद्योग व्यवसाय फस्टाउने बतातावरण बनाइयो त? परिपक्क परराष्ट्र नीति तर्जुमा गरेर देशको स्वाभिमान र स्वार्थ रक्षा गरियो त?
  • घरपरिवार छाडेर पराया भूमिमा पसिना बगाउनपर्ने बाध्यताबाट नेपाली युवाहरुलाई मुक्त गरियो त?
  • अपराध र अपराधीकरणलाई निरुत्साहित गरियो या जनताका निम्ति केके गरिए?


साथै उनले राष्ट्रिय कार्यसूची र शक्ति सन्तुलन नै राष्ट्रिय सहमतिको मुल मन् रहेको उल्लेख गर्दै अस्तित्व, स्वाभिमान एवं गौरवगाथाको समग्र रक्षाका लागि एक हुन पनि आग्रह गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell