PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

​प्रिमियर लिग : म्यानचेष्टर युनाइटेडको शानदार जित, लेस्टर सिटी ४-१ ले पराजित



पहिलोपोस्ट

​प्रिमियर लिग : म्यानचेष्टर युनाइटेडको शानदार जित, लेस्टर सिटी ४-१ ले पराजित

प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा म्यानचेष्टर युनाइटेडले डिफेन्डिङ च्याम्पियन लेस्टर सिटीमाथि शानदार जित हासिल गरेको छ। घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले लेस्टरलाई ४-१ गोल अन्तरले पराजित गरेको हो। 

युनाइटेडका म्यानेजर जोसे मोउरिन्होले कप्तान वायन रुनीलाई बेन्चमा राख्दै हुवान माटा र जेस लिनगार्डलाई पहिलो रोजाईमा मैदान उतारेका थिए। वाटफोडसँगको खेलमा पहिलो रोजाईमा परेको एन्टोनी मार्टियललाई पनि मोउरिन्होले ड्रोप गरेका थिए। 

तर पहिलो हाफमै युनाइटेडले गज्जबको प्रदर्शन गर्दै ४ गोल गर्यो। यसै सिजन कीर्तिमानी मूल्यमा म्यानचेष्टर पुगेका विश्वकै महँगो खेलाडी पउल पोग्वाले समेत प्रिमियर लिगमा गोलको खाता खोले। युनाइटेडले पहिलो हाफमा डाले ब्लाइण्डले प्रहार गरेको तीन वटै कर्नरलाई सदुपयोग गर्दै गोल गरेको हो।

खेलको २२ औं मिनेटमा ब्लाइण्डको कर्नरमा कप्तान क्रिस स्मालिङले पहिलो गोल गरे। ३७ औं मिनेटमा हुवान माटाले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे। 

४० औं मिनेटमा ब्लाइण्डको क्विक कर्नरमा माटाले क्रस गरेको बलमा मार्कुस रासफोर्डले गोल गरे। त्यसको दुई मिनेटपछि नै ब्लाइण्डकै कर्नरमा विश्वकै महाँगो खेलाडी पोग्बाले हेडमार्फत गोल गर्दै युनाइटेडलाई पहिलो हाफमै ४-० को अग्रता दिलाए।

दोस्रो हाफमा लेस्टरले एक गोल फर्कायो। जेमी भार्डीको स्थानमा मैदान छिरेका डेमेराइले ६० औं मिनेटमा गोल गरेका हुन्। 

प्रिमियर लिगमा लगातार दुई हारपछि युनाइटेडको यो पहिलो जित हो। म्यानचेष्टर डर्बीमा म्यानेचष्टर सिटीसँग पराजित भएको युनाइटेड वाटफोर्डसँग पनि हारेको थियो। 

६ खेल खेलेको युनाइटेडको जितपछि १२ अंक भएको छ र अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell