PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

वामदेव गौतम भन्छन्- 'संविधान नमान्नेलाई त्यसै छाड्नुहुन्न, कारबाही गर्नुपर्छ'



पहिलोपोस्ट

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मुलुकको सबैभन्दा ठूलो कानुनका रुपमा रहेको संविधान मान्दैनौं भन्नेहरुलाई राज्यले कारबाही गर्नुपर्ने बताएका छन्।
 
प्युठान–काठमाडौँ सम्पर्क मञ्चले आज आयोजना गरेको विजयादशमी, दीपावली र छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले संविधान नमान्नेलाई संविधान बमोजिम नै कारबाही गर्नुपर्ने बताए।
 
'नेपालको संविधान सबैले मान्नुपर्दछ,' उनले भने, 'एक दिन, दुई दिन फरक धारणा राख्न सकिएला तर संविधान जारी भएको एक वर्ष पुग्दा पनि मान्दैनौं भन्नेलाई कारबाही गर्नुपर्छ।'
 
उनले संविधान जारी भइसकेपछि कार्यान्वयन भइसकेको उल्लेख गर्दै सीमाङ्कनका सवालमा कुनै जिल्लाको सीमा तलमाथि हुन नदिने प्रतिबद्धता व्यक्त गरे। देशलाई विखण्डन गर्न संविधान संशोधन गर्न थालिएको भन्दै उनले एमालेबिना संविधान संशोधन हुन नसक्ने ठोकुवा गरे।
 
पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका गौतमले निर्वाचन नगराएर सरकारले देशमा संवैधानिक, राजनीतिक सङ्कट ल्याउन खोजेको आरोप लगाए।
 
केपी शर्मा ओली आफ्नो समर्थनमा नै पार्टी अध्यक्ष र प्रधानमन्त्री भएको चर्चा गर्दै गौतमले पछिल्लो पटक नेकपा माओवादी केन्द्रसँग सरकारको गठबन्धन टिकाउने सवालमा भने ओलीसँग मतभेद भएको खुलाए।रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell