PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

सिङ्गापुरले नेपालमा लगानी बढाउने, राष्ट्रसंघीय महासभामा नेपालको सम्बोधन आज



पहिलोपोस्ट

न्युयोर्क : परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसँग आज भएको भेटमा सिङ्गापुरका समकक्षी विभिन बालकिसनले आफ्नो देशले नेपालमा लगानी बढाउन चाहेको र सहयोगका विविध आयामका बारेमा दुई देश मिलेर अगाडि बढ्ने बताएका छन्।
 
संयुक्त राष्ट्रसङ्घको ७१ औँ महासभामा भाग लिन आएका परराष्ट्रमन्त्री डा. महत र बालकिसनबीच आपसी हित र द्विपक्षीय चासोका अन्य विषयमा पनि कुराकानी भयो।
 
यस्तै, महासभामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री महतले आज नै सम्बोधन गर्ने कार्यक्रम छ।
 
संविधान कार्यान्वयनका विषयमा प्रमुख राजनीतिक दल र मधेसकेन्द्रित दलबीचको वार्ता र संवादलाई अगाडि बढाउन समय दिनुपर्ने भएकाले प्रधानमन्त्री दाहालले अमेरिका भ्रमण स्थगन गरेको सन्दर्भमा नेपाली प्रतिनिधिमण्डलको नेताका रुपमा परराष्ट्रमन्त्रीले महासभालाई सम्बोधन गर्ने भएका हुन्।
 
महासभालाई पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना लगायतले सम्बोधन गरिसकेका छन्। यस्तै उद्घाटनसत्रमा नै अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो महत्वपूर्ण सम्बोधन सकेका छन्। 
 
नेपालका तर्फबाट महतले जलवायु परिवर्तन, साना र अल्पविकसित राष्ट्रका समस्या, शरणार्थी एवं आप्रवासनको विषयका अतिरिक्त नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण र त्यसको कार्यान्यवनको अवस्थाका बारेमा महासभामार्फत विश्वसमुदायलाई जानकारी गराउने भएका छन्।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell