PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पूर्व निर्वाचन आयुक्त उप्रेतीले भने- 'राजनीतिक दलकै कारण तीन वटै चुनाव असम्भव'



पहिलोपोस्ट

पूर्व निर्वाचन आयुक्त उप्रेतीले भने- 'राजनीतिक दलकै कारण तीन वटै चुनाव असम्भव'

फलेवास (पर्वत) : पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले अहिलेकै अवस्थामा कुनै पनि निर्वाचन हुने सम्भावना नरहेको बताएका छन्।
 
सदरमुकाम कुश्मामा आज पत्रकारसँग कुरा गर्दै उनले अहिलेकै गतिको तयारीले तीनै तहको निर्वाचन समयमै हुनेमा आशङ्का व्यक्त गरे। दलहरु गम्भीर भएनन् भने समस्या उत्पन्न हुने भन्दै उनले राजनीतिक दलहरु नै चुनावको पक्षमा नभएको आरोप लगाए। बाँकी १६ महिनाभित्र तीन वटै चुनाव गर्न सकिने भएकाले अब तत्काल ऐन बनाएर अघि बढ्नुपर्ने उनको सुझाव थियो।
 
उप्रेतीले दुई दशकदेखि हुन नसकेको स्थानीय निकायको निर्वाचन जतिसक्दो चाँडो गर्नुपर्नेमा जोड दिए। निर्वाचनका लागि आवश्यक कानुनी, प्रशासनिक र व्यवस्थापकीय तयारीमा सरकारले तदारुकता देखाउनुपर्नेमा जोड दिँदै उनले निर्वाचनको वातावरण बनाउन सरकार पहिलो जिम्मेवार पक्ष भए पनि सबै राजनीतिक दल गम्भीर भएर अघि बढ्नुपर्ने सुझाव दिए।
 
लोकतन्त्रको सुन्दर पक्ष भनेकै निर्वाचन भएकाले दलहरुको सहमतिमा ऐन निर्माण गरेर निर्वाचन आयोगलाई तयारी गर्न दिनुपर्ने भन्दै उनले संविधानप्रति असुन्तष्ट दल पनि निर्वाचनबाट अनुमोदित भएर आउनुपर्ने बताए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell