PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

प्रचण्डलाई राष्ट्रसंघीय महासचिव मुनको सन्देश- 'नेपाल समृद्धिको दिशामा अघि बढोस्'



पहिलोपोस्ट

प्रचण्डलाई राष्ट्रसंघीय महासचिव मुनको सन्देश- 'नेपाल समृद्धिको दिशामा अघि बढोस्'

  • रमेश लम्साल
न्युयोर्क : संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मुनले नेपालको शान्ति प्रक्रिया र संविधान लेखनको प्रक्रियाले पूर्णता पाएकोमा खुसी व्यक्त गरेका छन्।

शान्ति प्रक्रियासँग बाँकी रहेका विषयलाई समेत तत्काल पूर्णता दिएर अगाडि बढ्न नेपालका राजनीतिक दल र सरोकार भएका पक्ष सफल हुनेमा उनको विश्वास थियो।

राष्ट्रसङ्घको महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसँगको भेटमा मुनले नेपाल समृद्धिका दिशामा अगाडि बढोस् भन्ने आफ्नो सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुनाइदिन समेत आग्रह गरे।

त्यस अवसरमा सन् २०३० सम्म दिगो विकास लक्ष्य प्राप्तिका लागि नेपालले गर्न सक्ने काम तथा कारबाहीका बारेमा समेत उनले चासो राखेका थिए।
 
राष्ट्रसङ्घ मुख्यालयमा भएको भेटमा महासचिव मुनले संविधान कार्यान्वयनका अवस्थाका बारेमा राखेको जिज्ञासामा परराष्ट्रमन्त्री डा. महतले सबै दलको सहमतिमा संविधान कार्यान्वयन प्रक्रियाले गति लिएको र शान्ति सम्झौताका हस्ताक्षरकर्ता नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र लगायत दल मिलेर संयुक्त सरकार गठन गरिएको बताए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell