PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

गोर्खा क्रिउ बेसबल प्रतियोगिता अर्को साता हुने



पहिलोपोस्ट

काठमाडौं : गोर्खा क्रिउ बेसबल क्लबको आयोजनमा आगामी मंगलबार र बुधबार राजधानीमा गोर्खा क्रिउ बेसबल प्रतियोगिता २०१६ आयोजना हुने भएको छ।
 
दुईदिने प्रतियोगितामा यु १५ उमेर समूहबीच खेलाइने प्रतियोगितामा ८ टीमको सहभागिता रहने आयोजक समूहका अध्यक्ष दिनेश बजगाईंले बताए। नकआउट चरणमा खेलाइने खेल जुनियर लिगको नियम अनुसार ५ इनिङमा सञ्चालन हुनेछ।
 
नेपाली सेनाको मैदान लगनखेलमा मंगलबार प्रतियोगिताको उद्घाटन तथा पहिलो दिनको खेल हुनेछ भने दोस्रो दिन अमेरिकी दूतावासको खेल मैदान फोहोरा दरबारमा खेलका साथै समापन हुनेछ।
 
प्रतियोगिताको लागि नेपाल बेसबल तथा सफ्टबल संघको प्राविधिक सहयोग रहेको आयोजकले जनाएको छ। 
 
प्रतियोगितामा सेन्ट जेभियर्स, आदर्श हिमालय विद्यालय, एलआरआई, राइजिङ स्टार, गोर्खा क्रिउको ए र बी टीमका साथै अमेरिकी राजदूतावासको पनि दुई टीम रहने अध्यक्ष बजगाईँले जानकारी दिए। प्रतियोगितामा सहभागी हुन अमेरिकाबाट खेलाडी, प्रशिक्षक, अफिसियल गरेर २५ सदस्यीय टोली आउने समेत उनले बताए।
 
मैत्रीपूर्ण प्रतियोगिता भएको र बेसबलको नेपालमा पनि सुरुवात गराउनको लागि यो प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell