PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

अस्पतालको सेवा सुधार्न माग गर्दै वीरगन्जमा मानवसाङ्लो



राधेश्याम पटेल

अस्पतालको सेवा सुधार्न माग गर्दै वीरगन्जमा मानवसाङ्लो

वीरगन्ज : अस्पतालको सेवा सुधारको लागि रचनात्मक दबाब दिन आज वीरगन्जमा मानवसाङ्लो प्रदर्शन गरिएको छ।
 
सदभावना पार्टी नगर समिति वीरगन्जको अगुवाइमा नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज आसपासमा मानवसाङ्लो प्रदर्शन गरिएको हो।
 
पार्टीका वीरगन्ज नगर अध्यक्ष ओमप्रकाश सर्राफको नेतृत्वमा गरिएको प्रदर्शनमा  विभिन्न पेसागत क्षेत्रका व्यक्तिहरुको सहभागिता थियो।
 
हाल अस्पतालको अवस्था दिनप्रतिदिन खस्किँदै गएको गुनासो बढ्दै गएपछि सेवा प्रभावकारी बनाउन सिर्जनशील तरिकाले दबाब दिइएको सदभावनाका नगर अध्यक्ष सर्राफले बताए।
 
सहभागीहरुले अस्पतालको स्तरोन्ति गरी पाँच शैयाको बनाउनुपर्ने, लक्षित वर्गलाई नि:शुल्क औषधि उपलब्ध गराउनुपर्ने, सरसफाई, बिरामीलाई स्वच्छ  खानाको व्यवस्था मिलाउनुपर्ने, चिकित्सक एवं कर्मचारीलाई थप जिम्मेवार हुन, प्रयोगशालालाई व्यवस्थित बनाउन र अस्पतालमा अनियमितता गरी भाँडभैलो मचाउने काम बन्द गर्नुपर्ने माग गरेका छन्।
 
नारायणी उपक्षेत्रीय अस्पताल परिसरबाट सुरु भएको मानवसाङ्लो करिब पाँच सय मिटर उत्तरसम्म लामो थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell