PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

इन्टरकलेज फुटसलको उपाधि आरआर क्याम्पसलाई, पवन प्रकृति ७-१ ले पराजित



पहिलोपोस्ट

काठमाडौं : पवन प्रकृति कलेजलाई फाइनलमा ७-१ गोल अन्तरले पराजित गर्दै रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसले उपत्यकास्तरीय इन्टरकलेज 'रेभुलुसनरी कप'को उपाधि जितेको छ।
 
अखिल (क्रान्तिकारी) द्वारा आयोजित फुटसल प्रतियोगितामा आरआर कलेजले ५१ हजार नगद पुरस्कार प्राप्त गरेको छ।
 
मध्य बानेश्वरस्थित बानेश्वर फुटसल तथा रिक्रिएसन सेन्टरमा आयोजित उक्त प्रतियोगितामा दोस्रो भएबापत पवन प्रकृति कलेजले ३१ हजार नगद तथा विश्वभाषा क्याम्पसले तृतीय स्थान हासिल गर्दै १५ हजार नगद पुरस्कार हासिल गरेको अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य एवं काठमाडौं  क्याम्पस जिल्ला सहइन्चार्ज नरेश रेग्मीले जानकारी दिए।
  
३४ टीम सहभागी प्रतियोगिताभर आरआरले ३३ गोल हान्दै ३ गोलमात्र खाएको थियो। समापन समारोहमा माओवादी केन्द्रका नेता एवं पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझीले खेलाडीलाई पुरस्कार वितरण गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell