PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

हेल्थ इन्डेक्समा नेपाल दक्षिण एसियाकै पुछारमा



पहिलोपोस्ट

हेल्थ इन्डेक्समा नेपाल दक्षिण एसियाकै पुछारमा

दिगो विकासको लक्षका लागि गरिएको स्वास्थ्य अवस्थाको सूचीमा नेपाल १ सय ५८ औं स्थानमा रहेको सार्वजनिक भएको छ। स्वास्थ्य अवस्थाका दृष्टिले नेपाल दक्षिण एसियाकै सबैभन्दा कमजोर स्थानमा रहेको हो। कूल १ सय ८८ मुलुकको सूचीमा नेपालभन्दा मुनि जम्मा ३० वटा मुलुकमात्र छन्।

राष्ट्रसंघीय महासभामा दिगो विकासमा आधारित रहेर स्वास्थ्यको र्‍याङ्किङ पहिलोपटक बुधबार पेश भएको हो। मिलेनियम डेभलोपमेन्ट गोल अन्तर्गत सन् २०१५ मा दिगो विकास लक्षको स्थापना भएको हो। मिलेनियम डेभलोपमेन्ट गोलको फ्रेमवर्क गत वर्षबाट सकिएको हो।  

स्वास्थ्य अवस्थाका बारे ३३ चेकलिस्ट बनाएर १ सय ८८ मुलुकको अध्ययन गरिएको थियो। ग्लोबर बोर्डन अफ डिजिजले अन्तर्राष्ट्रिय सहयोगमा अध्ययन गर्न इनडेक्स बनाएको थियो।  

दक्षिण एसियामा सबैभन्दा राम्रो स्वास्थ्य सेवा मालद्विप्समा रहेको छ। सूचीको ६५ औं स्थानमा मालद्विप्स छ। श्रीलंकला ७९ औं स्थानमा छ भने भुटान १ सय १४औं स्थानमा। भारत १ सय ४३ र पाकिस्तान १ सय ४९ स्थानमा छन्। वंगलादेश सूचीको १ सय ५१ औं स्थानमा छ।

स्वास्थ्यको इन्डेक्समा सबैभन्दा राम्रो स्थानमा आइसल्यान्ड, सिंगापुर र स्विडेन सबैभन्दा राम्रो अवस्थामा छन्। त्यसपछि बेलायत सूचीमा छ। अमेरिका यो सूचीको २८ औं स्थानमा छ।

सबैभन्दा खराब सूचीमा भने सेन्ट्रल अफ्रिका रिपब्लिक, सोमालिया र दक्षिणी सुडान रहेका छन्। एचआइभी, व्यक्तिबीचको हिंसात्मक घटना, बालबालिकाको तौल, आत्महत्याको दर र विषादीयुक्त मदिराका कारण धेरै मुलुकको अवस्था कमजोर भेटियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell