PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

युट्युबमा 'मुना'को अन्तिम शृङ्खला



पहिलोपोस्ट

युट्युबमा 'मुना'को अन्तिम शृङ्खला

काठमाडौं : चेलीबेटी बेचबिखनको विषयमा आधारित सर्ट फिल्म 'मुना'को अन्तिम भाग रिलिज भएको छ। यसअघि पहिलो र दोस्रो भाग युट्युबमार्फत नै सार्वजनिक भएको थियो।
 
चेतना अभावका कारण बालविवाह र मानव बेचबिखनको समस्याबारे तयार भएको उक्त लघु फिल्म ग्राभिटी तन्त्रले निर्माण गरेको हो।
 
दिपेश प्रतापको निर्देशन रहेको फिल्ममा रङ्मञ्चका कलाकार रुपक खरेल र सानु पाण्डेको मुख्य भूमिका छ। पशुपतिप्रसाद लगायत फिल्ममा अभिनय गरेकी सुमित्रा अधिकारीको पनि फिल्ममा विशेष भूमिका छ।
 
रुपेश घिमिरेको कथा रहेको फिल्मको निर्माता भने लुकुश धिताल हुन्। फिल्ममा उनले पनि अभिनय गरेका छन्।

अन्तिम शृंखला :
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell