PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

राजधानीमा चक्काजाम गराउँदै हिँडेका नेकपा क्रान्तिकारी माओवादीका १३ कार्यकर्ता पक्राउ



पहिलोपोस्ट

राजधानीमा चक्काजाम गराउँदै हिँडेका नेकपा क्रान्तिकारी माओवादीका १३ कार्यकर्ता पक्राउ

काठमाडौं : चन्दा संकलन अभियोगमा पक्राउ परेका आफ्ना नेताहरुलाई रिहा गर्न माग गर्दै आज राजधानीमा चक्काजाम गराउँदै हिँडेका वैद्य माओवादीका १३ कार्यकर्ता पक्राउ परेका छन्।
 
प्रहरीले आज सुन्धाराबाट उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुले बिहान १० देखि ११ बजेबीचमा चक्काजाम गराइरहेका थिए। 'हामीले चक्काजाम हुन नदिनका लागि उनीहरुलाई पक्राउ गरेका हौं,' महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रमसिंह थापाले पहिलोपोस्टसँग भने।
 
पक्राउ पर्नेहरुमा दिनेश शर्मा, पवन श्रेष्ठ, जय दहाल, हरिकृष्ण गजुरेल, शारदा महत लगायत रहेका छन्।
 
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारीका माओवादीले शनिबार दिउँसो सिटी जुलस निकाल्ने र आइतबार उपत्यका बन्द गर्ने लगायतको आन्दोलन घोषणा गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell