PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बरिष्ठ पत्रकार हरिहर विरहीले लेखे : आगो निभेको छैन



पहिलोपोस्ट

बरिष्ठ पत्रकार हरिहर विरहीले लेखे : आगो निभेको छैन

काठमाडौं : वरिष्ठ पत्रकार हरिहर विरहीको संस्मरणात्मक पुस्तक ‘आगो निभेको छैन’ बजारमा आएको छ। पञ्चायतकालको कठिन अवस्थामा पत्रकारितालाई जगेर्ना गर्दै नेपाली कांग्रेसको प्रजातन्त्र प्राप्तिको अभियानमा लागेका पत्रकार विरहीको पुस्तकमा अधिकांश भागमा उनको पत्रकारिता र नेपाली राजनीतिक संघर्षका अनेक पाटाहरु समेटिएका छन्। २००७ सालपछिको नेपाली राजनीतिक इतिहास जान्न चाहनेहरुका लागि एकदमै महत्वपूर्ण मानिने पुस्तक सोमबार सहिद पत्नीहरु विद्या घिमिरे र गुणकुमारी कोइरालाले विमोचन गरेका हुन्।
घिमिरे सहिद बोधप्रसाद उपाध्याएकी श्रीमती हुन् भने कोइराला सहिद केशव कोइरालाकी श्रीमती। बरिष्ठ पत्रकार बिरहीले ‘सहिद बन्ने रहर’ शीर्षकको आलेखमा आफ्ना सहपाठी केशव कोइरालाको सहिद बन्ने रहर पूरा भएको तर आफ्नो त्यही रहर पूरा नहुँदा पुस्तक लिएर आउन पाएको खुलाए।
‘मैले पुस्तकमा आफ्नै तस्बिर उतार्ने चेस्टा गरेको छुँ, र तस्विरमा सिंगारपटार नहोस र पर्फ्युम नपोतियोस् भनेर सचेत हुने प्रयत्न गरेको छु,’ लेखक विरहीले भने, ‘त्यसमा कभर डिजाइनरले समेत मेरो दारी नकाटेको फोटो राखेर साथ दिएका छन्।’ उनले लोकले धेरे ठुलो र असल मान्छे भनेका व्यक्तिका पनि कमोजोरी आफूले देखेको भन्दै तिनका कमजोरी पनि आफ्नो पुस्तकमा लेखेको बताए। ‘मैले बिपी, किसुनजी, गिरिजाबाबु लगायतका नेताहरुका पनि आफूले देखेका कमजोरी लेखेको छु,’ विरहीले भने, ‘यो लेखिसकिएको इतिहास भएकाले कसैलाई चित्त नबुझे पनि त्यही रुपमा ग्रहण गरिदिनुहोला।’
पुस्तकका टिप्पणीकर्ता पत्रकार विजयकुमार पाण्डेले किसुनजीका कमजोरीका विषयमा आफ्नो आपत्ति रहेको बताए पनि कुन विषयमा भने खुलाएनन्।
‘म विरहीजीको प्रशंसक पनि हुँ। उहाँको पत्रकारिताबाट हैन उहाँले पत्रकारिता त गर्नुभएको नै कहाँ छ र! उहाँको सोचबाट नै प्रभावित हुँ,’ पाण्डेले भने, ‘तर उहाँले किसुनजीका विषयमा लेखेका विषयमा भने मेरो आपत्ती छ।’ उनले मानिसको जीवन पत्रपत्रले बनेको भन्दै एउटा मात्र पक्षलाई हेरेर उसका सम्पूर्ण जीवनका विषयमा टिप्पणी गर्न नहुने तर्क गरे।
‘यो आपत्ती हैन, उहाँले लेखेका विषयमा मैले खाली असमति राखेको हुँ। किसुनजीका विषयमा मेरो सफ्ट कर्नर भएकाले पनि’, उनले भने, ‘खाली उहाँलाई जिस्काएको मात्र।’ उनले एसो भनेर आफ्नो असहमति कुन विषयमा हो भन्ने नखुलाई कुरा मोडे।
टिप्पणीकर्ताकै रुपमा बोल्न गएका राजनीतिक चिन्तक प्रदीप गिरिले भने, ‘धेरै पुस्तक नपढिकनै भूमिका लेखिन्छन्। तर मैले विरहीजीको पुस्तक पढेर नै भूमिका लेखेको छु। मैले लेखेको भूमिकाले मेरा टिप्पणी स्पष्ट छन्। तर मेरो भूमिकामा लेखेका विषय मुद्रकले नै विगारिदिएकाले मात्र समस्या भएको हो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell