PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

रामचन्द्रले सिटौलालाई अगाडि राखेर भने : कांग्रेसमा बागी सिध्याउँछु



रमेश वाग्ले

रामचन्द्रले सिटौलालाई अगाडि राखेर भने : कांग्रेसमा बागी सिध्याउँछु

काठमाडौं : नेपाली कांग्रेसको १३औं महाधिवेशन सकिएको सात महिना पूरा भइसकेको छ। तर महाधिवेशनले नेताहरुको मनमा सल्काएको आगो भने अझै निभेको छैन।
 
बिहीबार वरिष्ठ पत्रकार हरिहर विरहीको संस्मरात्मक पुस्तक ‘आगो निभेको छैन’ विमोचन भयो। विमोचन समरोहमा उपस्थित भएका पौडेलको मन्तव्यले अन्तिममा महाधिवेशनको ननिभेको आगोको धुँवा फुस्फुसाइहाल्यो। 

उनले पत्रकार विरहीले लेखेका धेरै प्रसंगको आफू पनि साक्षी रहेको सुनाए। नेपाली कांग्रेस सादगी र अनुशासित भएका कारण यहाँसम्म आइपुगेको उनको भनाइ थियो। उनले कार्यकर्ता र नेताबीच परिवारिक सम्बन्ध हुनेमा अहिले पैसाको चलखेल हुन थालेको सुनाए। पैसाकै कारण पार्टीलाई एक हुन नदिने र पार्टीभित्र भाडभैले मच्चाउने षड्यन्त्र छिरेको बताए।
 
‘मैले शेरबहादुरजीसँग पनि भनिसकेको छु। अब कांग्रेस सीमित घेराभित्र बस्ने सोचले कांग्रेसलाई कमजोर बनाउछ,’ उनले भने, ‘यतिबेला पार्टीभित्र अरुका सोच हावी गराउने षड्यन्त्रलाई मलजल गर्नु भनेको पार्टीलाई समाप्त पार्ने कामममा सहयोग गर्नु हो।’

उनले आफूले सभापति शेरबहादुर देउवालाई बुढानिलकण्ठमै पुगेर त्यो प्रस्ताव राखिसकेको बताए। ‘मैले बुढानिलकण्ठमा नै गएर शेरबहादुरजीलाई भनेको छु कि तपाईँ तीन पटक प्रधानमन्त्री भइसक्नुभयो। एकीकृत पार्टीको सभापति र संसदीय दलको नेता भएर अर्कोपटकका लागि पनि चाहेका बेला प्रधानमन्त्री हुने अवस्थामा हुनुहुन्छ। तपाईँलाई किन चाहियो साँघुरो घेरा?’ पौडेलले भने, ‘त्यसैले अब कांग्रेस एक बनाउँ बागी र षडयन्त्रहरुलाई अब ठाउँ दिनु आवस्यक छैन।’

उनले बाँकी र षड्यन्त्रकारीहरुलाई अब ठाउँ दिन जरुरी छैन भन्दै गर्दा उनकै विरुद्ध उम्मेद्वारी दिएर चुनाव हराउन 'सफल' कृष्णप्रसाद सिटौला भने मञ्चमै हाँसिरहेका थिए।
 
कार्यक्रममा केही ढिला आएका रामचन्द्र पौडेल र सुरु देखि नै मञ्चमा बसेका कृष्ण सिटौलाबीच कुनै वार्तालप पनि भएन। करिब दुई घण्टाको बीचमा उनीहरुबीच कुनै संवाद भएन।

१३औं महाधधिवेशनमा सिटौलालाई संस्थापनलाई हराउने षडयन्त्र गरेको आरोप पौडेल पक्षले लगाएको थियो भने सिटौलाले संस्थापत पक्षको हकदार पौडेल नभएर आफू भएको दावी गर्दै हिडेका थिए। महाधिवेशनमा पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न नसकेके पछि दोस्रो चरणमा पुन बढी मत ल्याउने शेरबहादुर देउवा र रामचन्द्र पौडेलकाबीचमा प्रतिस्पर्धा भएको थियो। सिटौलाले देउवालाई समर्थन गरेपछि देउवा नै कांग्रेसको सभापति निवाचित हुन सफल भएका थिए।
 
त्यही आक्रोशले सल्काएको आगो पौडेलले ‘आगो निभेको छैन’ पुस्तक विमोचन समारोहमा ओकलेका हुन्। सिटौलाले भ्रातृ संगठनमा पनि देउवासँग एलाइन्स गरेका कारणा पौडल पार्टीमा कमोजोर बनिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell