PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

क्रिजमा लामो टिक्ने धोनीको बायोपिक फिल्म पनि लामै!



पहिलोपोस्ट

क्रिजमा लामो टिक्ने धोनीको बायोपिक फिल्म पनि लामै!

भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीको जीवन कथामा आधारित बायोपिक फिल्म 'धोनी: दि अनटोल्ड स्टोरी' सोचेभन्दा लामो फिल्म बनेको छ।
 
फिल्मका कथा छोट्याउने ट्रेन्ड बढ्दो समयमा धोनीको बायोपिक भने ३ घण्टा १० मिनेट लामो बनेको छ। फिल्मलाई यसै हप्ता मात्र सेन्सर बोर्ड अफ फिल्म सर्टिफिकेसनमा देखाएको बलिउडहंगामाडटकममा उल्लेख गरिएको छ।
 
फिल्मनिकट स्रोतले जनाए अनुसार फिल्मको कुनै पनि सट सेन्सर हुने छैन। किनकि धोनीको जीवनको हरेक पल उर्जा र उत्साह दिने खालका छन्।
 
अन्य फिल्ममा जस्तो यो फिल्ममा अन्तराल बराबर समय अवधीको बीचमा छैन। फिल्मको पहिलो हाफ २ घण्टा ४० मिनेटमा सकिन्छ।
 
निरज पाण्डेले निर्देशन गरेको फिल्मलाई इन्सपायर्ड इन्टरटेनमेन्ट र अरुण पाण्डेले निर्माण गरेका हुन्।
 
बायोपिकमा अभिनेता सुसान्त सिंह राजपुतले धोनीको भूमिका निर्वाह गर्दैछन्। उनीसँगै दिशा पटानी, कियारा अद्भावी र अनुपम खेरको फिल्ममा अभिनय रहेको छ।
 
फिल्म २०१६ को ३० सेप्टेम्बरमा प्रदर्शन हुँदैछ। धोनीको जीवन कथामा आधारित फिल्म तामिल, तेलोगु र मराठी गरी तीन भाषा डब गरेर सार्वजनिक गरिने जानकारी सार्वजनिक गरिएको छ।
३ घण्टा बढी लामो फिल्ममा आठवटा गीत समावेश छ। समग्रमा गीतको लागि ३० मिनेट ४८ सेकेण्ड ठाउँ छ। सबै गीतमा संगीत अमाल मल्लिकको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell