PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​डुङ्गा दुर्घटनामा मृतकमध्ये २७ को शव भेटियो, दुई जना अझै बेपत्ता



पहिलोपोस्ट

​डुङ्गा दुर्घटनामा मृतकमध्ये २७ को शव भेटियो, दुई जना अझै बेपत्ता

बैंकक : थाइल्यान्डको चाओ प्राया नदीको पुलमा ठोक्किएर आइतबार भएको डुङ्गा दुर्घटनामा मृत्यु भएकामध्ये मङ्गलबारसम्ममा २७ जनाको शव भेटिएको छ।
 
दुर्घटनामा परी हराइरहेका अरु दुई जना अझै नभेटिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।
 
स्थानीय थाई अधिकारीले भेटिएका शवमध्ये छ ओटा शव आठ वर्षका बालकको रहेको जनाएका छन्। शव घटनास्थलदेखि पाँच किलोमिटर टाढा भेटिएका हुन्।
 
अझैसम्म नभेटिएका एक पुरुष र एक जना महिला रहेका छन्। भेटिएका शवमध्ये २० वटा पुरुषको र सात वटा महिलाको रहेको अस्पतालले जनाएको छ।
 
डुङ्गामा सवार १५० जनामध्ये ५० जनाभन्दा बढी घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको छ। हराइरहेकाहरुको अहिले पनि खोजीकार्य जारी रहेको सुरक्षा अधिकारीले जनाएका छन्।
 
दुर्घटनापछि तत्काल नदीमा डोरी फालिएको र त्यही डोरीको सहयोगमा केही घाइते नदी बाहिर आएका थिए। पानीमा डुबी बेहोस भएका केही मानिसलाई समेत स्थानीय र प्रहरीले उद्धार गरेका थिए।
 
विपरित दिशाबाट आएको अर्को डुङ्गासँग ठोक्किनबाट जोगाउने प्रयास गर्दा डुङ्गा पुलको पिलरमा ठक्कर खाएपछि भएको सो दुर्घटनामा मृत्युहुने सबै थाई नागरिक रहेका बताइएको छ। रासस/सिन्ह्वा/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell