PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

शारदाको उपन्यास अनावरणमा नदेखिएका नरहरि



रमेश वाग्ले

शारदाको उपन्यास अनावरणमा नदेखिएका नरहरि

काठमाडौं : सोमबार साहित्यकार शारदा शर्माको ११औं कृति तथा दोस्रो उपन्यास ‘कम्प’ विमोचन भयो। उनकी आमा राधाले उपन्यास विमोचन गरिन्। तर कार्यक्रममा शारदा शर्माका पति एवम् नेपाली कांग्रेसका नेता नरहरि आचार्य थिएनन्।

२०७२ माघ २५ गते कांग्रेस सभापति सुशील कोइरालाको निधन भएकै दिन मस्तिस्कघातको शिकार भएका उनी अहिले निक्कै तङ्ग्रिएका छन्। मस्तिस्कमा रक्तश्राव भएपछि एक महिना अस्पतालमा बसेर फर्किएका उनी त्यसपछि घरमै आराम गरिरहेका छन्।

आराम गरिरहेकै अवस्थामा उनलाई पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य नियुक्त गरे। विमोचनमा नदेखिएका उनी नेपाली कांग्रेसको केन्द्रीय सदस्य नियुक्त भएपछिका कुनै पनि केन्द्रीय समिति बैठकमा पुगेका छैनन्। 

घरमै डाक्टरको निगरानीमा बसिरहेका आचार्यले गत जेठमै हामीसँग राजनीतिक गतिविधिमा संलग्न हुन समय लागेपनि घट्नाक्रममा अपडेट हुन थालेको प्रतिक्रिया दिएका थिए। 
 
त्यसपछिको लामो समय भए पनि उनी अलीअली हिडडुल गर्न र पत्रपत्रिका पढ्ने भेटघाटमा आउनेहरुसँग गफगाफ गर्ने लगायतका गतिवधिमा फर्किए। राजनीतिक र सामाजिक गतिविधिको पुरानो दैनिकीमा भने उनी फर्किसकेका छैनन्।

सोमबार साहित्यकार तथा उनकी पत्नी शारदा शर्माको पुस्तक विमोचन। धेरैको अपेक्षा थियो उनलाई देख्ने।

धेरैको मनमा रहेको विषयलाई लेखक तथा समालोचक खगेन्द्र संग्रौला मुखमै ल्याए। शर्माको उपन्यास ‘कम्प’को टिप्पणीकर्ता थिए संग्रौला।
‘शारदाजीको ११औं पुस्तक विमोचनमा म टिप्पणीकर्ताका रुपमा बोल्न पाउँदा अन्त्यन्त हर्षित छु,’ खगेन्द्रले भने, ‘तर म मेरा मित्र नरहरि आचार्यलाई यहाँ देखिरहेको छैन।’

उनले अन्त्यन्त ठूलो दुर्घटनाबाट पुनर्जीवन पाएका आचार्य आउने अपेक्षा गरेको बताए। ‘ठुलो दुर्घटनाबाट पुनर्जीवन पाउनु भएका नरहरिजी यहाँ नदेख्दा अली खल्लो अनुभव भएको छ,’ उनले भने।

‘एकै वर्ष दुईवटा घट्नाहरु भएका छन्,’ खगेन्द्रले भने, ‘यस वर्ष नरहरि आचार्यजीले पुनर्जीवन प्राप्त गर्नुभएको छ भने अर्कातिर शारदाजीबाट कम्पको जायजन्म भएको छ।’ 

प्रश्न उठिसकेपछि अथवा अपेक्षाका आवाज आएपछि शारदा निरुत्तर फर्किन मिल्ने कुरा थिएन।

शारदा शर्माले नरहरि नआउनुको कारण खुलाइन्। ‘मेरा सबै पुस्तक विमोचनमा सहभागी हुने नरहरि आचार्य आज यहाँ हुनुहुन्न,’ शर्माले भनिन्, ‘उहाँ यहाँको भर्‍याङ चढ्न असहज हुने भएकाले आउनुभएन।’ उनले नरहरि आचार्यले आफूले लेखेका हरेक पुस्तक पढ्ने गरेको बताउँदै कम्प पनि पढिकसकेको बताइन्।

‘मेरा पुस्तक पढेर मभन्दा पनि ज्यादा उहाँ खुसी हुनुहुन्छ,’ शर्माले भनिन्, ‘अब मेरो अर्को पुस्तक विमोचन हुँदा हामी दुई सँगै हुने विश्वास लिएकी छुँ।’
कभर फोटो : शर्माको फेसबुकबाट साभार



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell