PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

जापानमा दुई नेपाली युवाको निधन



पहिलोपोस्ट

जापानमा दुई नेपाली युवाको निधन

  • अनुपराज कँडेल
जापान : अध्ययनको लागि जापान आएका नेपाली युवती टिना गुरुङले एक हप्ताअघि गरेकी आत्महत्याको खबर सेलाउन नपाउँदै अन्य दुई नेपालीको आइतबार निधन भएको छ।
 
डेढ वर्षअघि जापानिज भाषा अध्ययनको लागि जापान आएका रोल्पा निवासी शिवराज रोका मगरको निधन भएको जापानिज प्रहरीले जनाएको छ। राति एक्लै सुतेका रोका बिहान उठ्दा अचेत अवस्थामा फेला परेका थिए।
 
साथीहरुले रातको काम सकेर बिहान आउँदा मगरले कोठाको ढोका नखोलेपछि घरबेटीसँग चाबी मागेर बन्द ढोका खोलेर हेर्दा उनी अर्धचेत अवस्थामा फेला परेका थिए। मगरलाई साथीहरुले इतावासीस्थित एक अस्पतालमा उपचारको लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको हो। मगरको शव अहिले जापानी प्रहरीले राखेको छ ।
 
यस्तै अर्का एक नेपालीको उपचारका क्रममा आइतबार गएराति निधन भएको छ।

रोजगारीका लागि आएका बाग्लुङ बिहु स्थायी घर भई जापानको योकोहामामा बस्दै आएका ४३ वर्षीय धनबहादुर कँडेलको उपचारका क्रममा निधन भएको जनसम्पर्क समिति जापानका अध्यक्ष डिपी कँडेलले जानकारी दिए।
 
६ वर्षअघि योकोहामामा रहेको एक नेपाली रेष्टुरेन्टमा कुक भिसामा आएका मृतक कँडेल मेनिनजाइटिसबाट पीडित रहेका पारिवारिक स्रोतले बताएको छ। केही समययता टाउको दुख्ने समस्याले पीडित उनको मृत्यु मस्तिष्कघातका कारण भएको बताइएको छ।
 
यही सेप्टेम्बर ६ का  नेपाल फर्किने क्रममा विमानस्थलमा चक्कर लागेर ढलेका उनलाई जापानको हवाईसेवा विभागले फर्काई तुरुन्त अस्पताल भर्ना हुन लगाएको थियो। निक्कै अस्वस्थ देखिएका कँडेललाई तत्कालै उपचारका लागि योकोहामाकै अस्पतालको कोमामा भर्ना गरिएको थियो। उनी अस्पताल भर्ना भएपछि एनआरएनए जापानका उपाध्यक्ष देविलाल भण्डारी, नेपाली जनसम्पर्क समिति जापानका अधिकारीहरु डीपी कँडेल, पुष्करजंग थापा, प्रेम कँडेल लगायत अस्पताल पुगेका थिए।
 
मृतक कँडेल आफ्नी श्रीमतीसहित योकोहोमाको चुरुमीमा बस्दै आएका थिए। उनका दुई छोरा, एक छोरी नेपालमा नै रहेका छन्।
 
जापानमा गएको तीन महिनायता तीन नेपालीको निधन भएको छ। केही सिकिस्त अवस्थामा उपचारार्थ रहेको नेपाली दूतावासले जनाएको छ। जापानमा रहेका नेपालीलाई सजक रहन र खानपान तथा स्वास्थ्यमा ख्यालराख्न एनआरएन जापानले अपिल गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell