PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दिवंगत पितृको सम्झनाका लागि आजदेखि सोह्रश्राद्ध सुरु



पहिलोपोस्ट

दिवंगत पितृको सम्झनाका लागि आजदेखि सोह्रश्राद्ध सुरु

काठमाडौं : हिन्दु परम्पराअनुसार आजदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन कृण्ण औंशीसम्मको सोह्र दिनलाई सोह्रश्राद्धको रुपमा लिइन्छ। सोह्रश्राद्धभरि दिवंगत पिृतहरुका नाममा तर्पण पिण्डदान दिने गरिन्छ। सोह्रश्राद्धमा पितृलाई तर्पण दिई दान गर्नाले आफ्ना सन्तनिहरु ऋण मुक्त हुने, चित्त शुद्ध हुने, पितृ खुसी हुने र पुत्र तथा परिवारको रक्षा हुन्छ भन्ने जनविश्वास तथा परम्परा रहिआएको छ। बुबाआमा नहुनेहरुले पितृको सम्झनामा घरमै वा नजिकैको जलाशयमा गएर स्नान गरी धार्मिक विधिअनुसार श्राद्ध गर्दछन्। काठमाडौंको पशुपति, गोकर्ण, जनकपुरको गंगासागर लागयतका नदी किनारमा बिहानैदेखि श्राद्ध गर्नेको भिड लागेको छ।

चाडपर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले आफ्ना पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्परा छ। बडादसैँ र तिहारजस्ता महान् चाडका अगाडि पर्ने सोह्रश्राद्धले सन्ततिलाई आफ्ना पितृप्रतिको दायित्वबोध गराउनुका साथै पितृऋणबाट मुक्त गराएर चित्तशुद्धि गराउँछ भन्ने मान्यता छ।
 
सोह्रश्राद्ध पितृ तृप्तिको निमित्त पुण्यतम् पर्व हो भनी शास्त्रमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए। 'सक्नेले यो पक्षका सोह्रै दिन, नसक्नेले आश्विन कृष्ण पञ्चमीदेखि औँसीसम्म, यो पनि नसक्नेले दशमीदेखि औँसीसम्म, यति पनि नसक्नेले पिताको मृत तिथिमा सोह्रश्राद्ध गर्नुपर्ने शास्त्रीय मान्यता छ,' उनले भने।
  
यी तिथिमा कारणवश रोकिए कृष्ण औँसी, अष्टमी वा द्वादशीका दिन, यी दिनमा पनि रोकिए आश्विन शुक्ल पञ्चमीसम्म एक दिन जुराएर श्राद्ध गर्नुपर्ने धार्मिक मान्यता छ। यसमा पनि नसक्नेले कात्तिक कृष्ण औँसी वा मङ्सिर सङ्क्रान्तिअघि नन्दा तिथि र शुक्रबार नपारी गर्नुपर्ने विधान रहेको अध्यक्ष गौतमले बताए।
 
शास्त्रीय परम्पराअनुसार आफ्ना पितृका नाममा सोह्रश्राद्ध भर पार्वण श्राद्ध, तीर्थ श्राद्ध तथा ब्रह्मकपाली श्राद्ध आदि गर्ने प्रचलन छ। सोह्रश्राद्धमै बितेकाको सम्झनामा भने ‘एक पार्वण’श्राद्ध गरिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell