PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​पत्रकार परियार सम्मानित



​पत्रकार परियार सम्मानित

काठमाडौं : गोविन्द परियार २०७३ सालको उत्कृष्ट पत्रकारबाट सम्मानित भएका छन्। 

विगत १५ वर्षदेखि मूलधारका विभिन्न पत्रपत्रिकामा काम गर्दै आएका पत्रकार परियारलाई उपलब्धि बहुउद्देश्यीय सहकारी लिमिटेडले यस वर्षको उत्कृष्ट पत्रकारको रुपमा सम्मान गरेको हो। हाल उनी अन्नपूर्ण पोस्टमा कार्यरत छन्।

शनिबार शहरी विकास मन्त्री अर्जुननरसिह केसीले उनलाई नगद पुरस्कार सहित सम्मान गरेका हुन् । उक्त सहकारीले प्रत्येक वर्ष संचार र पत्रकारिता क्षेत्रमा वर्षभरी उत्कृष्ट काम गरेको पत्रकारलाई सम्मान गर्दै आएको छ। 

परियारले यसअघि पनि खोज पत्रकारिता केन्द्र र बेलायती दुतावासले संयुक्त रुपमा आयोजना गरेको खोज पत्रकारिता प्रतिस्पर्धामा विजयी भएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell