PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

रेडबुल फुटसल लिगमा ८ टोली छनोट, बाँकी ८ टोलीको छनोट आइतबार हुने



पहिलोपोस्ट

रेडबुल फुटसल लिगमा ८ टोली छनोट, बाँकी ८ टोलीको छनोट आइतबार हुने

काठमाडौं : राजधानीमा जारी रेडबुल फुटसल लिगको अन्तिम चरणका लागि ८ टोली छनोट भएका छन्।
 
नयाँ बानेश्वरस्थित बानेश्वर रिक्रियसन सेन्टरमा सञ्चालन भइरहेको खेलबाट ताहाचल फुटसल, बानेश्वर रिक्रियसन सेन्टर, किकअफ फुटसल, आदर्श फुटसल, ढुकु फुटसल, शंखमुल फुटसल, रजनी फुटसल र इम्पेरियल फुटसल रेडबुल फुटसलका लागि छनोट भएका छन्।
 
समूह ई बाट ताहाचल र किकअफ फुटसल शीर्ष दुई स्थानमा रहदै छनोट भएका हुन्।
 
समूह एफबाट आदर्श र ढुकु फुटसल, समूह जीबाट शंखमुल र रजनी फुटसल तथा समूह एचबाट इम्पेरियल र बानेश्वर रिक्रियसन सेन्टर समूहको शीर्ष दुई स्थानमा रहदै अन्तिम चरणमा छनोट भएका हुन्।
 
बाँकी ८ टोलीको छनोट आइतबार हुने आयोजक एएमए इभेन्टले जनाएको छ।
 
३२ टोलीको सहभागिता रहेको छनोट चरणबाट अन्तिम चरणको प्रतिस्पर्धाका लागि १६ टिम छनोट हुनेछन्।
 
अन्तिम चरणमा सहभागी १६ टोलीलाई दुई समूहमा विभाजन गरी होम एण्ड अवेका आधारमा लिग सञ्चालन हुनेछ।
 
दरबारमार्गस्थित एएमए इभेन्ट को आयोजनामा सञ्चालन हुने खेलमा उपाधि विजेताले नगद १० लाख, उपविजेताले ५ लाख प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपरले जनही ५० हजार नगद प्राप्त गर्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell