PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सामसुङ समस्यामा परेका बेला लन्च हुँदैछ एप्पलको आइफोन सेभेन, कहाँ हेर्ने लाइभ?



सामसुङ समस्यामा परेका बेला लन्च हुँदैछ एप्पलको आइफोन सेभेन, कहाँ हेर्ने लाइभ?

एप्पलको बहु प्रतिक्षित आईफोन सेभेन आज सार्वजनिक हुँदैछ। कम्पनीले बुधबार नेपाली समय अनुसार १०:४५ बजे आईफोन सेभेन, सेभेन प्लस र एप्पल वाच टु लञ्च गर्न लागेको हो।
 
अमेरिकाको सान फ्रान्सिस्को स्थित विल ग्राहम सिभिल अडिटोरियममा भब्य समारोहका बीच स्थानीय समय अनुसार बुधबार बिहान १० बजे एप्पलका नयाँ उपकरण सार्वजनिक हुँदैछन्। यसका लागि अडिटोरियमलाई आकर्षक स्वरुपमा सजाइएको छ। 

कहाँ हेर्ने?


यदि तपाईँसँग आइफोन, आइप्याड वा आइप्याड टच छ र त्यसमा आइओएस ७.० वा त्यसभन्दा माथि छ भने तपाईँ त्यसमा रहेको बिल्ट इन सफारी ब्राउजरबाट लाइभ स्ट्रिमिङ हेर्न सक्नुहुन्छ। यहाँ क्लिक गर्नुस्।

म्याक युजरहरुले ओएस एक्स १०.८.५ वा त्यसभन्दा माथिको छ भने सफारी भर्सन ६.०.५ वा त्यसभन्दा माथिका ब्राउजरमा हेर्न सक्नेछन्। 

 



एप्पलको नयाँ फोन मुख्य प्रतिस्पर्धी सामसुङ समस्यामा परेका बेला आउन लागेको छ। सामसुङको पछिल्लो उत्पादन ग्यालेक्सी नोट सेभेन ब्याट्रीमा समस्याका कारण विश्वबजारबाट धमाधम फिर्ता हुँदैछ। यसले एपलका लागि भने नयाँ अवसर सिर्जना गरेको छ। 

सिक्स एसले बिक्रीमा नयाँ रेकर्ड बनाएको थियो। तर, पछिल्लो समय यो फोनको बिक्री सोचे बमोजिम नहुँदा तनाव झेलेका एप्पल सिइओ टिम कुकका दिन अब फेरिएको अपेक्षा गरिएको छ।
 
आईफोन सेभेन एपलको नयाँ ए टेन चिप जडित हुनेछ। जसको अधिकतम क्लक स्पिड २.४ गिगाहर्ज हुने जनाइएको छ। यो फोन एपलको अपरेटिङ सिष्टम आईओएस १०.१ र डुअव कोर प्रोसेसरबाट चल्नेछ। 
 
एपलले १६ र ६४ जिवी 'इन्टरनल स्टोरेज क्यापासिटी' भएका फोनलाई फेज आउट गर्ने तयारी गरेको छ। कम्पनीले अब ३२,  १२८ र २५६ जिवीको फोन ल्याउन लागेको हो। 
 
२५६ जिवी वाला फोन ल्याएसँगै आइफोन सेभेर र सेभेन प्लस दुबैको र्या म क्षमता पनि विस्तार गरेर दुई जिवी पुर्याइनेछ।

एप्पलले नयाँ फोनको फिचरबारे अहिलेसम्म औपचारिक जानकारी नदिए पनि बिभिन्न स्रोतबाट सूचना 'लिक' भएका छन्। यसरी चुहिएका सूचना सत्य हुन् भने आईफोन सेभेन एक मिलिमिटर भन्दा पनि पातलो हुनेछ।
 
स्क्रिन भने आईफोन सेभेनको ४.७ इन्च र सेभेन प्लसको ५.५ इन्च हुनेछ। दुबैको स्क्रिन थ्री डी टच र प्रेसर सेन्सेटिभ होम वटन हुनेछन्।दुबै फोनमा हेडफोन ज्याक हुनेछैन। व्लुटुथका माध्यमबाट हेडफोन चल्ने प्रविधि राखिनेछ। 
 
नयाँ फोनको अर्को बिषेशता पानीले असर नगर्ने हुनेछ। अब एपल ग्राहकले धोएरै फोन सफा गर्न सक्नेछन्।

चुहिएका सूचना अनुसार फोनमा पछाडि पट्टी दुई वटा क्यामेरा जडान हुनेछन्। फोटो खिचिसकेपछिको थप सुविधाका लागि डुअल रेयर क्यामेरा राखिएको छ। 
 
सेप्टेम्बर १६ देखि २३ भित्र यी फोनको खुद्रा बिक्री सुरु हुने अपेक्षा गरिएको छ। यी फोन तिहार अघि भारत आउने प्रक्षेपण स्थानिय सञ्चार माध्यमले गरेका छन्। पछिल्लो समय एप्पलले आफ्नो मुख्य बजारको रुपमा भारतलाई पनि हेर्न थालेको छ।
 
 
फोन लञ्च कार्यक्रममा एप्पल वाच टु समेत सार्वजनिक हुने अपेक्षा गरिएको छ। पुरानो एपलवाचको तुलनामा सफ्टवेयर अपग्रेड गरि यो घडी ल्याउन लागेको हो। 
 
एप्पलले विट्सका नयाँ हेडफोन समेत आज सार्वजनिक गर्दैछ। सन् २०१४ मा एप्पलले तीन अर्ब अमेरिकी डलर खर्चेर विश्वप्रसिद्ध हेडफोन कम्पनी बिट्स किनेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell