PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

साहित्यकार दान खालिङको निधन, सुकेपोखरीमा अन्त्येष्टि गरिने



पहिलोपोस्ट

साहित्यकार दान खालिङको निधन, सुकेपोखरीमा अन्त्येष्टि गरिने

काठमाडौं : साहित्यकार दान खालिङको निधन भएको छ। ८९ वर्षीय खालिङको सोमबार बेलुकी भारतको सिलिगुडीमा निधन भएको हो।
 
दार्जिलिङमा १९८४ सालमा जन्मिएका उनी नसा, बाथ र प्रोस्टेट रोगबाट पीडित थिए।
 
बिपी कोइरालासँग भेट भएपछि उनी राणाविरोधी सशस्त्र आन्दोलनका लागि नेपाल आएका थिए। दार्जिलिङमै पनि उनको संगत सूधपा (सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान) सँग बढेको थियो। महानन्द सापकोटासँग पनि नजिक रहेका उनी तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य पनि बनेका थिए। झापाको भद्रपुरमा स्थापित भएको ‘मेची छापाखाना’सञ्चालनमा पनि उनको योगदान छ।
 
वीरेन्द्र सुब्बासँग उनको संयुक्त कविता संग्रह प्रकाशनमा छ। अन्य कृति नभए पनि पत्रपत्रिकामा फुटकर रचना र समालोचनाले उनी चर्चित थिए।
 
उनको अन्त्येष्टि मूलथलो सुकेपोखरीमा बुधबार गरिने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell