PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

​खाडीमा काम गर्ने नेपालीलाई प्रचण्ड सरकारको उपहार : घट्यो पासपोर्ट शुल्क



​खाडीमा काम गर्ने नेपालीलाई प्रचण्ड सरकारको उपहार : घट्यो पासपोर्ट शुल्क

काठमाडौँ : मन्त्रिपरिषद्ले मलेसियासहित मध्यपूर्वी मुलुकबाट पासपोर्ट बनाउन लाग्ने शुल्क घटाएको छ।
 
यसअघि ८० डलर शुल्क लाग्दै आएकोमा मन्त्रिपरिषद्ले अब ५० डलरमै पासपोर्ट उपलब्ध गराउने निर्णय गरेको हो। 

परराष्ट्र मन्त्री प्रकाशशरण महतले  साउदी अरेबिया, कुवेत, लगायतका मध्यपूर्वका देशमा पासपोर्ट बनाउन लाग्ने शुल्क घटाएको जानकारी पहिलोपोस्टलाई दिए।

 
'जिल्लामा राहदानी शुल्क न्युनतम पाँच हजार लिन्छौँ नि अब मध्यपूर्वी मुलुकबाट लिदाँ पनि त्यति नै बराबर ५० डलर बुझाए पुग्छ यसअघि ८० थियो', उनले भने। 

'उनीहरुको जति योगदान छ केही भएपनि आर्थिक बोझ कम होस् भनेर परराष्ट्र मन्त्रालयका प्रस्तावमा मन्त्रिपरिषद्ले निर्णय गरेको हो', महतले पहिलोपोस्टसित भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell