PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नुवाकोटमा १३ हजार भूकम्पपीडितले पाए पहिलो किस्ताको अनुदान



पहिलोपोस्ट

नुवाकोटमा १३ हजार भूकम्पपीडितले पाए पहिलो किस्ताको अनुदान

त्रिशूली (नुवाकोट) : नुवाकोटमा १३ हजारभन्दा बढी भूकम्पपीडितले निजी आवास निर्माणका लागि पहिलो किस्ताबापतको रकम पाएका छन्।
 
सरकारले दिने भनेको दुई लाख रुपैयाँ अनुदानको पहिलो किस्ता नुवाकोटमा वितरण भइरहेको छ। जिल्लाका भूकम्पपीडित १३ हजार ३०१ जनाको खातामा रु ५० हजारका दरले जम्मा ६६ करोड ५० लाख ५० हजार निकासा भएको छ।
 
गाविस र नगरपालिकामा भूकम्पपीडितले अनुदान सम्झौता गरेअनुसार बैंकबाट रकम वितरण भइरहेको हो। गत आर्थिक वर्षमा थोरै मात्र रकम वितरण भएको तर चालू आर्थिक वर्षको डेढ महिनामा ६६ करोड रुपैयाँभन्दा बढी रकम पीडितको खातामा जम्मा भइसकेको जिल्ला आयोजना कार्यान्वयन इकाइका प्रमुख लोकनाथ रेग्मीले जानकारी दिए।
 
सरकारी निकायबाहेक विभिन्न गैरसरकारी संस्थामार्फत पनि भूकम्पपीडितलाई रकम प्रदान गरिएको छ। जिल्ला आयोजना कार्यान्वयन इकाइका अनुसार अहिलेसम्म ९४७ जना भूकम्पपीडितलाई गैरसरकारी संस्थाले ४ करोड ७८ लाख ७५ हजार रुपैयाँ प्रदान गरिसकेका छन्।
 
सरकारले लाभग्राहीको सूचीमा नाम प्रकाशित गरेका ६५ हजार ७५९ पीडितमध्ये ५० हजार ६१२ जनासँग अनुदान सम्झौता भइसकेको छ। नुवाकोटमा भूकम्पपीडितका ९ हजार ५५० वटा गुनासो दर्ता भएका छन्।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell