PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

५ वर्ष जागिर खाएर १० वर्षदेखि पेन्सन : यी हुन् ​प्रहरीलाई नै ठग्न सफल व्यक्ति



सविन ढकाल

५ वर्ष जागिर खाएर १० वर्षदेखि पेन्सन : यी हुन् ​प्रहरीलाई नै ठग्न सफल व्यक्ति

काठमाडौँ :  सरकार र प्रहरी प्रशासनलाई नै कसैले १० वर्षदेखि ठगी गरिरहेको सुन्दा र देख्दा अचम्म लाग्न सक्छ। गोरखाका भरत बस्नेतले त्यस्तै अचम्मलाग्दो काम गरेका छन्। 

भरतको उमेर अहिले ५५ वर्षको हाराहारीमा रहेको छ। तर उनले नेपाल प्रहरीको असईबाट रिटायर भएको भन्दै पेन्सन खाइरहेका छन्। 

असईको अर्थात् सहायक अधिकृत बराबरको पेन्सन आए पनि उनले सरकारी जागीर भने पेन्सन पाक्ने गरी कहिले पनि खाएनन्। विक्रम संवत् २०३५/३६ सालमा उनी नेपाल प्रहरीको सिपाहीमा प्रवेश गरे। तर ५ वर्षभन्दा बढी काम गर्न सकेनन्। खाईपाई आएको जागिर छोडे। 

देशमा सशस्त्र युद्ध चलेको बेला नेपाल प्रहरीका धेरै जवानको मृत्यु भएको देख्दा भरतलाई प्रहरीको जागिर छोडेर ठिकै गरे जस्तो लागेको थियो। जनयुद्ध सकिएपछि भने उनलाई प्रहरीको सरकारी जागिरको लोभले कुत्कुताउन थाल्यो। 

त्यसपछि उनले नेपाल सरकारबाट पेन्सन खाने उपाय खोज्न थाले। उनको लागि नेपाल सरकारबाट अब पेन्सन खानु भनेको ठगी र जालको बाटो नै रोज्नु थियो। ०६४ सालमा उनले पहिले आफूले जागिर खाएकोदेखिको कागजपत्र मिलाए। कति कागज पत्र किर्तेसमेत गरे।

त्यसपछि गृह मन्त्रालय अन्तर्गतको नेपाल प्रहरीको किताबखानामा गएर आफू सरकारी कर्मचारी गएको भन्दै बैक खाता खोल्न लगाए। यसरी उनी सरकारको समेत आँखा छल्न सफल भए।

२०३५ सालमा जागिर खाएको र २० वर्षे सेवा अवधि पूरा गरेको देखाएपछि उनले पेन्सन पाउन थाले।  २०४० सालमा नै ५ वर्ष प्रहरीको सिपाहीमा काम गरेर छोडेका भरतले १० वर्षदेखि असईको पेन्सन बुझिरहेका छन्। 

केही दिनअघि मात्र महानगरीय प्रहरी परिसरले भरतलाई गैर प्रहरी भएर सरकारको पेन्सन आइरहेको भन्ने सूचनाको आधारमा पक्राउ गरी अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell