PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सडकमा भौंतारिइरहेका १०२ जनाको पारिवारिक मिलन, हेटौंडा नगरपालिका 'सडक मानवमुक्त'



रासस

काठमाडौं : सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तनद्वारा सञ्चालित मानव सेवा आश्रमले मानसिक असन्तुलन भई सडकमा भौंतारिइरहेका १०२ जनालाई पारिवारिक मिलन गराएको छ।
 
सन्तति र आफन्तजनको बेवास्ताका कारण मानसिक असन्तुलन भई खुला आकाशमुनि सडक जीवन बिताइरहेका ज्येष्ठ नागरिकलाई मानव सेवा आश्रमले आश्रय प्रदान गरिरहेको छ।
 
मानव सेवा आश्रमले मकवानपुरको हेटौंडा, चितवनको भरतपुर र काठमाडौँको सामाखुशीमा चलाएको आश्रममा हाल १५० जनाले पारिवारिक वातावरणमा आश्रय पाइरहेका छन्। आश्रमको पहलमा अहिले हेटौंडा नगरपालिका 'सडक मानवमुक्त' बन्न सफल भएको छ।
 
सडकमा रहेका बेसाहारालाई आश्रममा ल्याएर औषधोपचार गरी निको भएपछि आफन्तको खोजी गरी जिम्मा लगाउने कार्यलाई मानव सेवा आश्रमले प्राथमिकतामा राखेर काम गरिरहेको संस्थाका महासचिव धर्मप्रसाद पौडेलले जानकारी दिए। उक्त आश्रमले हालसम्म मुलुकका विभिन्न जिल्लाका ३५० जना त्यस्ता नागरिकलाई सेवा पुर्‍याइसकेको छ।
 
मानव सेवा आश्रम सामाखुशीको पहिलो वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै पशुपति विकास क्षेत्र कोषका सदस्यसचिव डा. गोविन्द टण्डनले मान्छेबाट मान्छे तर्सनुपर्ने परिस्थितिको अन्त्य गर्न सकारात्मक सोच र शाश्वत चिन्तनमा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकतामा जोड दिए।
 
ब्रह्मकुमारी राजयोगका प्रतिनिधि दिदी सिर्जनाले अव्यवस्थित सडक मानवबस्तीको अन्त्य गर्न समाजका सवै समुदायमा मानवहितको पक्षमा काम गर्न आवश्यक रहेको बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell