PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

लागुऔषध खैरो हिरोइन सहित तीन जना पक्राउ



पहिलोपोस्ट

काठमाडौं : लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले लागुऔषध हिरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।
 
काठमाडौंको टोखा नगरपालिका- १३ शान्ति चोकबाट लागुऔषध बेच्न लागेको अवस्थामा उनीहरु पक्राउ परेका हुन्। पक्राउ पर्नेहरुमा झापा शानिश्चरे गाविस- ५ घर भएका ३४ वर्षीय याम भन्ने भीमबहादुर निरौला, झापा पथरिया-५ घर भएका ४५ वर्षीय टेकनाथ खतिवडा र इलामको दानाबारी गाविसका ३२ वर्षीय नारायणकुमार गिरी रहेका छन्।
 
उनीहरुको साथबाट प्रहरीले खैरो हिरोइन ११ ग्राम र अफिम ३ ग्राम बरामद गरको हो। उनीहरुले ती लागुऔषध भारतको पानी ट्यांकीबाट झापाको काँकरभिट्टा हुँदै काठमाडौं ल्याएका थिए। आफूले प्रयोग गर्ने र बेच्ने उद्देश्यले लागुऔषध भित्र्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell