PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ग्यास सिलिन्डर पड्किँदा बालिका घाइते, २४ लाखभन्दा बढीको क्षति



रासस

लहान : ग्यास सिलिन्डर पड्किएर सिरहाको लहान नगरपालिका-८ मा आगलागी हुँदा एक बालिका घाइते भएकी छिन्। घटनामा २४ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।
 
स्थानीय सूर्यनारायण साहुको घरमा खाजा पकाउने क्रममा अचानक ग्यास पड्किएको थियो। आगलागीमा परी उनको दुईतले पक्की घर, भित्र भएको नगद पाँच लाख तथा सम्पूर्ण सामानसमेत जलेको प्रहरीले जनाएको छ।
 
आगलागीमा परी घरभाडामा बस्दै आएका भिखन साहको अन्नपातसहित सम्पूर्ण सामान तथा सोही ठाउँका तेजनारायण चौधरीको पानी तान्ने पाइप, सुरेश यादवको झ्यालको सिसासमेत फुटेर करिब २४ लाख ९५ हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।
 
आगलागीमा परी स्थानीय नरेन्द्रबहादुर साहकी १२ वर्षीया छोरी अन्जलीकुमारी साह घाइते भएकी छिन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। नेपाल प्रहरी, सशस्त्र, स्थानीयवासी तथा वारुणयन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell