PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

रिजालको नाममा पत्रकारिता पुरस्कार, मोरङका पत्रकारलाई हरेक वर्ष दिइने



रासस

रिजालको नाममा पत्रकारिता पुरस्कार, मोरङका पत्रकारलाई हरेक वर्ष दिइने

पथरी (मोरङ) : मोरङका वरिष्ठ राजनीतिज्ञ रमाप्रसाद रिजाल र उनकी पत्नीका नाममा नेपाल प्रेस युनियन मोरङले हरेक वर्ष वितरण गर्ने गरी पत्रकारिता पुरस्कार स्थापना गरेको छ। 

हरेक वर्ष मोरङमा क्रियाशील एक पत्रकारलाई ‘रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कार’ नामबाट ११ हजार १११ रुपैयाँ राशिसहित सम्मानपत्र प्रदान गरिनेछ। रिजाल परिवारले पुरस्कारका लागि दुई लाख रुपैयाँको अक्षयकोष समेत स्थापना गरेको छ। 

रिजाल पाँच दशकभन्दा लामो समयदेखि राजनीति र साहित्यमा सक्रिय छन्। १९८५ मङ्सिर ११ गते जन्मिएका रिजालको हरेक प्रजातान्त्रिक आन्दोलनमा योगदान रहेको छ। यो वर्षको पुरस्कार यही महिनामा वितरण गरिने युनियनका मोरङ सह–सचिव गोपालप्रसाद पोखरेलले जानकारी दिए।
 
पुरस्कार छनोटका लागि दीपक दाहाल, विक्रम निरौला, कुमोद अधिकारी, भोजराज बस्नेत र मीनकुमार नवोदित रहेको समिति समेत गठन गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell