PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कति र कसरी धन कमाउने? चीनकै धनी व्यक्तिको सुझाव यस्तो छ



कति र कसरी धन कमाउने? चीनकै धनी व्यक्तिको सुझाव यस्तो छ

चीनका सर्वाधिक धनी व्यक्ति वाङ जियान लिनले सम्पत्ति कमाउने केही उपायहरु बताए। उनले सेलिब्रेटीको दैनिक जीवनबारे कुरा गर्दै सम्पत्ति कमाउन दिएको यस्तो टिप्स चिनियाँहरुबीच भाइरल नै बन्यो। के थियो त उनले दिएको टिप्स ?  

वाङ जियानलिनले सेलिब्रेटीको दैनिक जीवनबारेको कुराकानीका क्रममा निकै धेरै धन कमाउने लक्ष नराख्न सुझाव दिएका थिए । ठूलो लक्ष्य नराख्न सुझाव दिदैँ भनेका थिए– धेरै महत्वकांक्षी हुनुहुन्न, सानो लक्ष्य राख्नुपर्छ। त्यस्तै सय मिलियन युआन (१५ मिलियन डलर अर्थात् झण्डै १ अर्ब ७० करोड रुपैयाँ) कमाउने लक्ष्य राख्नुस्।  

उनको भनाई चिनियाँ सामाजिक सञ्जाल विबो र वी च्याटमा भाइरल भएको हो। चिनियाँ पत्रिका पिपुल डट सिनका अनुसार विबोमा दुई करोड भन्दा धेरैले उक्त पोस्ट हेरेका छन्। कार्यक्रमको स्क्रिन सट हाल्दै मानिसहरुले जोक्स समेत बनाएका छन्।  

कतिपयले पहिलोपटक चन्द्रमामा पाइला टेक्ने निल आमस्ट्रङसँग पहिलो पाइला र उनले दिएको लक्ष्यको तुलना गरेका छन्।  

वि च्याट र ह्वाट्स एपमा मात्र उनको सुझावबारे लेखिएको लेख एक लाख भन्दा धेरै हेरिएको छ।   वाङ १७० अर्ब युआनका मालिक हुन्। उनी दालियान वान्डा ग्रुपका संस्थापक तथा अध्यक्ष छन्। वाङको समुहको मुख्य लगानी रियल स्टेटमा छ।

पछिल्लो समय उनले मनोरञ्जन उद्योगमा समेत लगानी गरेका छन्। त्यस्तै उनले खेलकुद क्षेत्रमा समेत आफ्नो लगानी विस्तार गरेका छन्। उनले केही समय चीनको सैनिक सेवामा समेत जागिर खाएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell