PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अमिताभ बच्चनलाई चित्त नबुझेको ऐश्वर्याको रोमान्टिक सिन भएको फिल्मको टिजर सार्वजनिक



अमिताभ बच्चनलाई चित्त नबुझेको ऐश्वर्याको रोमान्टिक सिन भएको फिल्मको टिजर सार्वजनिक

बलिउड फिल्म 'ऐ दिल है मुश्किल'को सुटिङ ताका एउटा खबर भारतीय मिडियामा निकै छायो- ससुरा अमिताभ बच्चनलाई बुहारी ऐश्वर्या रायको रोमान्टिक सिन चित्त बुझेन। 

'ऐ दिल है मुश्किल' मा पहिलो पटक ऐश्वर्या र रणवीर कपूरको जोडी काम गर्दैछ। फिल्मको टिजर आज रिलिज भएको छ। १ मिनेट ३३ सेकेन्डको यो टिजरमा एकतर्फी प्रेम, गहिरो मित्रता र टुटेको मुटुको कथाका छोटो झलक देखाइएको छ। 

फिल्ममा अनुष्का शर्माको पनि भूमिका छ। टिजरमा ऐश्वर्या र रणवीरका निकै रोमान्टिक सिनहरु पनि राखिएको छ। 


टिजरमा एउटा मात्र डायलग छ जो रणवीर कपूरको मुखबाट निस्किएको छ- एकतर्फी प्रेमको शक्ति नै अर्कै हुन्छ। अरु सम्बन्ध जस्तो यो दुई मान्छेबीच बाँडिँदैन। मात्र मेरो हक हुन्छ यसमा। 

फिल्मका निर्देशक करण जौहर हुन्। फिल्म २८ अक्टोबरमा दीपावलीका बेला रिलिज हुँदैछ।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell