PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

त्रिशुलीमा बस दुर्घटना भएको चार दिनपछि भेटिए तीन शव, १३ जना अझै बेपत्ता



रासस

त्रिशुलीमा बस दुर्घटना भएको चार दिनपछि भेटिए तीन शव, १३ जना अझै बेपत्ता

चितवन : पश्चिम चितवनको नारायणी नगरपालिका–२ भगडीस्थित नारायणी नदी किनार र नवलपरासीको त्रिवेणी ब्यारेजमा गरी आज तीन शव भेटिएको छ। 

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार नारायणी नदी किनारमा भेटिएको अन्दाजी ३०/३५ वर्षका तराई मुलका जस्ता देखिने उक्त शवको सनाखत हुन सकेको छैन। कपडामा रगत लागेको पाइएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले ती शव यही शुक्रबार त्रिशूली नदीमा दुर्घटनाग्रस्त बसका यात्रुको हुनुसक्ने बताए। 

इप्रका दिव्यनगरका प्रहरी नायब निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार ती शव नारायणी नदीको दुईवटा भङ्गालोमा भेटिएका हुन्। शवमा किरा लाग्न थालेको छ। उक्त शवलाई भरतपुर अस्पतालको शव गृहमा राखिएको छ। 

यसैबीच, आजै नवलपरासीको त्रिवेणी ब्यारेजमा अर्को एक शव पनि फेला परेको छ। उक्त शव पनि सोही दुर्घटनामा परी बेपत्ता भएका व्यक्तिको हो÷होइन भन्ने यकिन नभएको प्रहरी उपरीक्षक कुँवरले बताए। 

रौतहटबाट पोखरा जाँदै गरेको रात्रि बस यही शुक्रबार नारायगढ–मुग्लिङ सडक खण्डमा दुर्घटनाग्रस्त हुँदा २२ जनाको मृत्यु भएको थियो। दुर्घटनामा १६ जना घाइते भएका थिए। 

सोही दुर्घटनामा परी आफन्त हराएको भन्दै १३ जनाले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन्। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell