PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

तपाईँ अर्डरमात्रै गर्नुस्, अफिसमै आइपुग्छ खाजा - मात्र ९५ रुपैयाँमा

तपाईँ अर्डरमात्रै गर्नुस्, अफिसमै आइपुग्छ खाजा - मात्र ९५ रुपैयाँमा

उमेश पौडेल/पहिलोपोस्ट


काठमाडौं : कार्यालयमा काम गर्नुहुन्छ भने खाजाको चिन्ता अब गर्नुपर्दैन। तपाईँ अर्डरमात्रै गर्नुहोस्, तपाईँको समयमा तपाईँले चाहेको खाजा तपाईँको टेवुलमा आइपुग्छ र त्यो पनि मात्र ९५ रुपैयाँमा।

तपाईको खाजाको तालिका अनुसार फरक फरक स्वादमा खाजा खान पाउनुहुन्छ। तपाईँलाई खाजाको समयमा काम सक्नुपर्नेछ वा खाजा खान बाहिर जान अल्छी लाग्छ भने यो सुविधा तपाईलाई धेरै उपयोगी हुन सक्छ।

यस्तै सुविधाका साथ ललितपुरको कुमारीपाटीमा लञ्च आवर रेष्टुरेन्ट खुलेको छ। यसले ग्राहकले चाहेको ठाउँमा होम डेलिभरीसहित १४ दिनमा परिवर्तन हुनेगरी मेनु समेत तयार पारेको छ।

के छ मेनुमा ?

कसरी आयो यस्तो सोच?

एक वर्षदेखि सञ्चालन गरिरहेको यो रेष्टुरेन्टका खोजकर्ता भने महेश खड्की हुन। जहिले पनि काम गरिरहेको बेला खाजा खाने समस्या भइरहेका कारण के खाने? भनेर सोचिरहेका बेला यो सोच आएको उनले बताए।

'बाहिर जान पनि अल्छी लाग्ने, आफूले भनेको पनि केही नपाइने भनेपछि केही त गर्नुपर्‍यो' उनी भन्छन् 'एकदिन हामी पाँच जना साथी मिलेर छलफल गर्‍यौँ। त्यसको केही समय नबित्दै काम थाल्यौँ।'
 

कति छन् दैनिक ग्राहक?

६/६ महिनामा अपडेट गरी मेनुमा खाजाको परिकार परिवर्तन गरेर फरक फरक टेष्ट दिइरहेको अर्का सञ्चालक विपिन श्रेष्ठले बताए। 'सुरुवातको चरणमा भएका कारण अहिले हाम्रोमा दैनिक एक सय पचासदेखि दुई सय जना ग्राहक हुनुहुन्छ' उनले भने 'त्यसमा थपिने क्रम जारी छ।' उनले ग्राहक बढाउनका लागि मार्केटिङ रणनीतिमा काम गरिरहेको बताए।
 

६ महिनामा मेनु परिवर्तन

ग्राहकको चाहनाअनुसार ६/६ महिनामा मेनु परिवर्तन गर्ने गरेको उनले बताए। संधै एउटैमात्र टेष्ट भयो भने मोनोटनस हुन् त्यही भएर ग्राहकसँग सर्भे गरेर मेनु परिवर्तन गर्ने गरेका छौं, उनले भने।

हरेक लन्च बक्स डेलिभरी भएको समयमा ग्राहकसंग फिडव्याक लिने गरेको र त्यहीअनुसार काम अगाडि बढाउने गरेको उनले बताए। उनले अघिल्लो पटक गरिएको सर्भेका कारण तीनवटा आइटम हटाएको र सातवटा थपिएको जानकारी दिए।
 

के चाहन्छन् ग्राहक?

तीन महिना अगाडि गरिएको सर्भेका आधारमा ग्राहकले चिकेन विर्यानी र आलुतामा धेरै रुचाएको सञ्चालक श्रेष्ठले जानकारी दिए। रेष्टुरेण्टले कामको धेरै चाप हुने रेष्टुरेण्टलाई टार्गेट गरेको छ। जसले अफिस बाहिर खाजा खान रुची गर्दैनन्, उनीहरुलाई पनि हामीले टार्गेट गरिरहेका छौं, उनले भने । बैंक, अस्पताल, स्कुल, कलेज, फाइनान्स, एनजिओ, आइएनजिओ, ट्राभल एजेन्सीमा आफ्ना ग्राहक रहेको जानकारी समेत उनले दिए।
 

कसरी गर्नुपर्छ अर्डर?

खाजाका लागि अर्डर गर्नका लागि फोनमा सम्पर्क गर्नुपर्छ।  त्यसपछि ग्राहकको सवै डिटेल (जस्तै अफिसको नाम सम्पर्क नम्बर इमेल) रेष्टुरेण्टले राख्ने गरेको छ। त्यसपछि ग्राहकले फोनमार्फत अर्डर गर्न पनि सक्छन, वा रेष्टुरेन्टको फेसबुक पेजमार्फत पनि अर्डर गर्न सकिन्छ। ग्राहकले मोवाइलमा टेक्स्ट मेसेज वा इमेल गरेर पनि अर्डर गर्न सक्छन्।
 

डेलिभरी कसरी हुन्छ?

रेष्टुरेन्टले तीनवटा मोटरसाइकलमा लञ्च बक्स डेलिभर गर्ने गरेको छ। ग्राहकले चाहेको समयमा यी लन्च बक्सहरु उपलब्ध हुने श्रेष्ठले बताए। यो लन्च बक्स अहिले चक्रपथ भित्र डेलिभरको व्यवस्था गरिएको उनले जानकारी दिए। केही ग्राहकको चाहनाअनुसार रिङरोड भन्दा बाहिर पनि लैजाने गरेको उनले बताए।

 
पेमेन्ट कसरी गर्ने?

लञ्च बक्समा खाने वित्तिकै पैसा दिनुपर्दैन। एक हप्तासम्म खाएपछि विल तिर्न सक्ने व्यवस्था मिलाइएको छ। लन्च बक्सले एकहप्तासम्म ग्राहकले खान सक्ने र पछि तिर्न मिल्ने सुविधा दिएको हो। कुनै कुरा खान मन परेन वा वाहिर जान पर्ने भयो भने पछि आएर त्यो सेवा फेरी सुरु गर्न सकिने सुविधा पनि रेष्टुरेण्टले दिएको छ।
 

फ्रेन्चाइजीको योजना

लन्च बक्स रेष्टुरेन्टले हाल उपत्यकाको रिङरोडभित्रमात्र सेवा दिइरहेकोमा अब यसलाई विस्तार गरी उपत्यकाका तीनवटै जिल्लामा पुर्‍याउने योजना बनाएको श्रेष्ठले जानकारी दिए। विस्तारै यसलाई देशका मुख्य शहरमा पुर्‍याउने लक्ष्य रहेको समेत उनले बताए। 


ट्रेन्डिङ पोस्ट

Ncell