PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पूर्वप्रधानमन्त्री विष्टले नइ प्रकाशनलाई दिए १९ लाख रुपैयाँ



पहिलोपोस्ट

पूर्वप्रधानमन्त्री विष्टले नइ प्रकाशनलाई दिए १९ लाख रुपैयाँ

काठमाडौं : पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टले नइ प्रकाशनको अक्षयकोश स्थापनार्थ आज १० लाख रुपैयाँ प्रदान गरेका छन्। यसअघि पनि उनले प्रकाशनलाई सोही प्रयोजनका लागि नौ लाख रुपैयाँ प्रदान गरेका थिए।

प्रकाशनले विष्टका बुबाआमा चन्द्रनिधि र धनकुमारीका नाउँमा हरेक वर्ष एक लाख राशिको ‘नइ चन्द्रधन पुरस्कार' प्रदान गर्ने भएको छ। यसअघि सो पुरस्कारको राशि ५० हजार रुपैयाँ थियो।
 
१० वर्षअघि स्थापित सो पुरस्कार सनातन हिन्दु धर्ममा समर्पित एक विशिष्ट व्यक्तित्व वा हिन्दु धर्मसंस्कृति प्रवर्द्धनका लागि लेखिएको उत्कृष्ट कृतिलाई प्रदान गरिने प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसार्इँले जानकारी दिए।
 
प्रकाशनले पूर्वप्रधानमन्त्री विष्टको सम्मानमा ५० हजार राशिको ‘नइ कीर्तिनिधि पुरस्कार’पनि सात वर्षअघिदेखि प्रदान गर्दै आएको छ। सो पुरस्कार हरेक वर्ष बिराएर एक देशभक्त चिन्तकलाई प्रदान गरिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell